राष्ट्र बैंकविरुद्ध पुनः व्यवसायी आन्दोलित

माग पुरा नभए आन्दोलन सशक्त बनाउने संघको चेतावनी


राष्ट्र बैंकविरुद्ध पुनः व्यवसायी आन्दोलित

नेपालगन्ज ८ पुष : नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर विरुद्ध नेपालगन्जका उद्योगी ब्यावसायीहरु पुनः आन्दोलनमा उत्रिएकाछन् । चर्को ब्याजदर विरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलनलाई थप सशक्त बनाउँदै विभिन्न ७ बुँदे माग राखि आन्दोलनको घोषणा गरेको हो ।

कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

यसअघि उनीहरुले गत असोज पहिलो साता नेपाल राष्ट्र बैंकको मुल गेटमा एक घण्टा धर्ना दिनुका साथै जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवावमुलक कार्यक्रम गर्दै आन्दोलन गरेका थिए । यही असोज १ गतेदेखि लागु हुनेगरि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने भन्दै संघले आन्दोलन गरेको थियो ।

पहिलो चरणको आन्दोलनबाट आफ्ना मागहरुको सुनुवाई नभएपछि विभिन्न ७ बुदेँ बिषयबस्तु अघि सारेर संघले आन्दोलन गर्ने घोषणा गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । व्यवसायीका तमाम समस्या तथा निजी क्षेत्र धराशायी हुँदा पनि राष्ट्र बैंक मुकदर्शक बनेको भन्दै संघले रोष प्रकट गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले शुक्रवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पुष ११ गते सोमबार राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी धर्ना दिने कार्यक्रम रहेको जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसारपसार विरुद्ध बाँकेका व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

‘व्यवसायीहरु पिडामा छन्, आर्थिक मन्दी छ, बैंकमा तरलता अभाव छ, बैंक ब्याज अत्याधिक महंगो छ, नेपाल राष्ट्र बैंकको नीतिले व्यवसायीहरु धरासायी हुने अवस्था छ । यस्तो अवस्थामा निजि क्षेत्र धरासायी भइरहँदा नेपाल राष्ट्र बैंक मुखदर्शक भइरहेको छ ।’ संघद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।

नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्र्तगत आगामी पुष ११ गते सोमबार विहान १० बजे संघ प्राङ्गणबाट कालोपट्टी सहित बृहत प्रर्दशन गर्ने जनाएकोछ । संघको प्राङ्गणबाट निस्किने बृहत प्रर्दशनले नेपालगन्ज बजार परिक्रमा गरि नेपाल राष्ट्र बैंक, नेपालगन्ज कार्यालयको मुल गेटमा धर्ना दिने कार्यक्रम तय गरिएको संघका सचिव ओलीले बताए ।

‘हामी लगायत देशभरका उद्योग वाणिज्य संघहरुको पहिलो चरणको आन्दोलनबाट नेपाल राष्ट्र बैंक र सरकारले व्यवसायीका मुद्दाहरुको सुनुवाई गर्न सकिरहेकोे छैन’ संघका अध्यक्ष मन्सुरीले भने ।

‘राष्ट्र बैंकको अव्यवहारिक निति खारेज गर ।, वर्षमा एक पटक चालु पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज गर ।, चालु रहेको ओभरड्रफ्ट लोन यथावत राख ।, कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर । (२० र २५ प्रतिशत), बैंक ब्याज सिंगल डिजिट कायम गर ।, ब्याजदर नियन्त्रण गर । र, बैंकहरुको आतंक बन्द गरसहित ७ बुँदे मागसहित आन्दोलनमा उत्रिन बाध्य भएकाछौं’ संघका अध्यक्ष मन्सुरीले भने–‘ हाम्रो बृहत प्रदर्शनमा सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरुको सक्रिय सहभागिता रहन्छ र सहभागि हुन आह्वान गर्दछु ।’

बैंकले अहिले ल्याएको प्रावधानले व्यावसायीहरुलाई मानसिक तनाव दिएको र कुनै व्यवसायीले धेरै तनावले आत्महत्या गरे बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले जिम्मा लिनुपर्ने अध्यक्ष मन्सुरीको भनाईछ । व्यवसायीहरुको आन्दोलनलाई कमजोर ठानिए अझ सशक्त आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।

व्यवसायको प्रकृतिअनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड रुपैयाँभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा हरेक थरिका व्यवसायको लागि २५ प्रतिशतमात्र गरिनु अव्यवहारिक देखिएको भन्दै उद्योगी व्यापारि आन्दोलित भएका हुन् । चालू पुँजी कर्जा मार्गदर्शन–२०७९ मा राखिएका व्यवस्थालाई सहज र सरलीकृत गर्न उनीहरुले माग पनि गरेका छन् ।

थप समाचार

राष्ट्र बैंक विरुद्ध उत्रिए नेपालगन्जका उद्योगी–व्यवसायी

राष्ट्र बैंक विरुद्ध नेपालगन्जका ब्यवसायी आन्दोलित