प्रादेशिक महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री केसीले गर्ने


प्रादेशिक महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री केसीले गर्ने

नेपालगन्ज ९ माघ: बाँकेको नेपालगन्जमा हुने प्रदेश स्तरीय महोत्सवको लुम्बिनी प्रदेशकी मन्त्री कृष्ण केसी 'नमुना'ले गर्ने भएकीछन् । नेपालगन्जको कारकाँदो स्थित सडक विभागको परिसरमा १५ दिनसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारीका बारेमा जानकारी दिदैँ आयोजकले यस्तो बताएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रालिको संयुक्त आयोजनामा माघ १० गतेदेखि माघ २४ गतेसम्म ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ आयोजना गरिँदैछ । आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव मङ्गलबार विधिवदरुपमा उद्घाटन गरिदैँछ ।

उद्घाटनको दिन नेपालगन्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य झाँकी सहितको ¥याली आयोजना गरिने महोत्सव सचिवालय संयोजक जिआर भुसालले जानकारी दिए । उनले महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी ‘नमुना’ले गर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै यो महोत्सव आयोजना गरिएको संयोजक जिआर भुसाले बताए । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्राथमिकता तथा स्थानीय वस्तुलाई पनि प्राथमिकता दिइएको छ । महोत्सव अवधिमा करिब २ करोडभन्दा बढी कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

संयोजक भुसालले भने, ‘महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैँया निर्धारण गरिएको छ । महोत्सवमा २ सय स्टल रहेका छन् । जसमा थारु होमस्टे र थारु गाँउसमेत समावेश गरिएको छ भने ९६ प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ ।’

महोत्सवलाई मख्य आर्कषक बनाउन लघु घरेलु साना उद्योगीको ६० प्रतिशतभन्दा बढी उत्पादनका स्टलहरु रहने छन् भने यस क्षेत्र मै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापालगायतका खेलाडीहरुको सहभागिता रहनेछ ।

यस्तै महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । संयोजक कडेँलले दिएको जानकारी अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन, गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे, गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्तीश्री, मेलिना राई, बिन्दु परियार, गायक एमटी महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे/पुतली, बल्छी÷राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहनेछ भने स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने हायोजकले जनाएकोछ ।

यस्तै अन्तरर्राष्ट्रिय कलाकारमा व्यापक चर्चा कमाएका भोजपुरी गायक खेसारीलाल र मोडेल डान्सर प्रिती पासवानको आउने भएकाछन् । महोत्सवको होस्ट विजय पुन, दीप मगर र प्रेरणाले गर्ने प्रचारप्रसार समितिले जनाएको छ ।

महोत्सवभित्र टिकटक प्वाइन्टसमेत बनाइकोछ । महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने तथा करिब २ करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवमा मुख्य प्रयोजकमा ट्रिटेक इस्टिल इन्डष्ट्रिज रहेको छ भने क्रमश उप–मुख्य प्रायोजकमा मेरो प्लानेट, सह–मुख्य प्रायोजकमा र भुसाल ग्रुप, प्रायोजकमा होटल स्टार लाइट, पावर महिन्द्रा, सह–प्रायोजकहरुमा रकल्याण्ड हस्पिटल, होटर सीताराम गेस्ट हाउस, देभिना हस्पिटल, मेडिकल पार्टनरमा एचसिआरसि हस्पिटल, इन्सुरेन्समा पार्टरन नेको इन्सुरेन्स लि, इन्टरनेट पार्टनरमा भाएनेट, स्कीन पार्टनरमा नेपालगन्ज स्कीन सेन्टर, ब्युटी पार्टनरमा आसिम शैलुन, मिडिया पार्टनरमा दैनिक नेपालगन्ज, नाईल खबर डटकम, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी रहेका छन् ।

थप समाचार

प्रदेश स्तरीय महोत्सवमा राष्ट्रिय र अन्तरर्राष्ट्रिय कलाकारको प्रस्तुती

प्रदेश स्तरीय महोत्सवको धमाधम स्टल बुकिङ्ग