File Photo
गुलरिया (बर्दिया) १९ माघ : बर्दियाको बाँसगढि नगरपालिकामा जनप्रतिनिधिले महिलामाथि हातपात गरेको आरोप लागेको छ ।
जिल्लाको बाँसगढी नगरपालिका– ८ का वडाध्यक्ष तुलप्रसाद गौतमले स्थानीय एक महिलामाथी हातपात गरेको बताइएको हो । स्थानीयबासीका अनुसार गौतमले महिलामाथि हातपात गरेका हुन् ।
घटनाको विषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक सन्तोष चन्दले महिलामाथी हातपात भएको भन्ने ठाडो उजुरी आएको पुष्टि गरे । उनले सेतोखरीसँग कुरा गर्दै हातपातको उजुरी आएपनि दर्ता नगरिएको बताए । प्रहरी निरीक्षक चन्दले प्रकृया पु¥याएर आएमा मुद्दा दर्ता गरिने बताए ।
यता बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले घटनाको विषयमा आफुलाई थाहा नभएको बताए । उनले भने –‘मलाई यो विषयमा थाहा छैन ।’ स्थानीयबासीका अनुसार नगरप्रमुख खड्काले मुद्दा दर्ता नगर्न प्रहरीलाई दवाव दिएको बताए ।
यस विषयमा बुझ्न खोज्दा महिलामाथि हातपात गरेको आरोप लागेका वडाअध्यक्ष तुलप्रसाद गौतमको मोबाइल अफ पाइएकोछ ।
पैंतालिस पानमा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्णपाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?