वडाअध्यक्ष गौतमले महिलामाथि हातपात गरे


वडाअध्यक्ष गौतमले महिलामाथि हातपात गरे

File Photo

गुलरिया (बर्दिया) १९ माघ : बर्दियाको बाँसगढि नगरपालिकामा जनप्रतिनिधिले महिलामाथि हातपात गरेको आरोप लागेको छ ।

जिल्लाको बाँसगढी नगरपालिका– ८ का वडाध्यक्ष तुलप्रसाद गौतमले स्थानीय एक महिलामाथी हातपात गरेको बताइएको हो । स्थानीयबासीका अनुसार गौतमले महिलामाथि हातपात गरेका हुन् ।

घटनाको विषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक सन्तोष चन्दले महिलामाथी हातपात भएको भन्ने ठाडो उजुरी आएको पुष्टि गरे । उनले सेतोखरीसँग कुरा गर्दै हातपातको उजुरी आएपनि दर्ता नगरिएको बताए । प्रहरी निरीक्षक चन्दले प्रकृया पु¥याएर आएमा मुद्दा दर्ता गरिने बताए ।

यता बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले घटनाको विषयमा आफुलाई थाहा नभएको बताए । उनले भने –‘मलाई यो विषयमा थाहा छैन ।’ स्थानीयबासीका अनुसार नगरप्रमुख खड्काले मुद्दा दर्ता नगर्न प्रहरीलाई दवाव दिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यस विषयमा बुझ्न खोज्दा महिलामाथि हातपात गरेको आरोप लागेका वडाअध्यक्ष तुलप्रसाद गौतमको मोबाइल अफ पाइएकोछ ।