स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियूका माधव खत्री विजयी


स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियूका माधव खत्री विजयी

नेपालगन्ज ९ चैत्र : पश्चिम नेपालकै सबैभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू निर्वाचनमा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ । स्ववियु सभापति पदका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए । सभापतिमा एमाले निकट अनेरास्ववियूका माधव खत्री सात सय ५६ मत प्राप्त गर्दै विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका जीवनराज सुवेदीले ६ सय ६६ मत पाएका छन् ।

त्यसैगरी, सभापतिका उम्मेदवार मुकेशसिंह कुँवरले १०९, भावना थापाले १९ र सुजल परियारले १६ मत पाएका छन् । सचिवमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विक ९ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नर्देव थारुले ६ सय ५६ मत पाए ।

यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका भरतराज बुढथापा आठ सय ७७ मत ल्याएर विजयी हुँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका देवी रेग्मीले सात सय ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यमा संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरन्जिवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी विप्लव, राप्रपा लगायत दलका विद्यार्थी संगठनबीच गठबन्धन भएको थियो भने नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनबीच तालमेल भएको थियो ।

यसअघि बुधबार सम्पन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत पनि मतदान हुन सकेन । बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म भएको मतदानमा कुल १६ सय ९१ मात्रै मत खस्यो । जुन जम्मा मतसंख्याको ४१ प्रतिशत मात्रै हो ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका अनुसार ४१ सय २२ मतदाता रहेको महेन्द्र बहुमुखी क्याम्पसमा १६ सय ९१ जनाले मात्रै मतदान गरे ।

स्ववियु सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिष्पर्धा भएको हो । नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसँग तालमेल गर्दा बाँकी सबै विद्यार्थी संगठन अनेरास्ववियुसँग संयुक्त गठबन्धन गरेको थियो।

सभापतिमा नेविसंघबाट जीवनराज सुवेदी र अनेरास्ववियुबाट माधब खत्री चुनावी प्रतिष्पर्धामा छन् । यस्तै अखिल क्रान्तिकारी विद्यार्थी संघबाट भावना थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट सुजन परियार र स्वतन्त्र उम्मेदवार मुकेशसिंह कुँवरको उम्मेदवारी थियो ।

यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई सबै राजनितिक दलहरुले चासोका साथ हेरेका थिए ।

हिजो भएको निर्वाचनबाट २५ जना प्रत्यक्ष र ३१ जना समानुपातिक गरि ५६ जना निर्वाचित भएकाछन् । २०६५ साल यता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

बाँकेमा यसअघि सम्पन्न निर्वाचन मत परिणाम अनुसार दुईवटा क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियु, एउटामा काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एउटामा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्वाचित भइसकेका छन् ।

नेपालगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ, अनेरास्ववियू समाजवादी, अखिल क्रान्तिकारी संयुक्त प्यानलकी उम्मेदवार दीपिका सोनी, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा अनेरास्ववियुका विनय कुमार यादव, बागेश्वरी क्याम्पस कोहलपुरमा पनि अनेरास्ववियुकै देबेन्द्र बुढा सभापतिमा विजयी भएका थिए ।

यस्तै जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुर, हब्रहवामा अनेरास्ववियू, नेविसंघ र नागरिक विद्यार्थी समाज संयुक्त प्यानलबाट निरा थारु सभापतिका रुपमा निर्वाचित भैसकेकी छिन् ।

थप समाचार

महेन्द्रका विद्यार्थीमा देखिएन उत्साह, ४१ प्रतिशत मात्र मतदान 

नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा दीपिका, ज्ञानोदयमा विनयकुमार निर्वाचित

स्ववियु निर्वाचनः मतदान सुरु, केहीमा स्थगित

मुलुक स्ववियु निर्वाचनमय

मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे

महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

 स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता