छोराको सम्झनामा अक्षयकोष स्थापना


छोराको सम्झनामा अक्षयकोष स्थापना

गुलरिय (बर्दिया) २३ चैत्र : आफ्ना छोराको सम्झनामा बुवाले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–२ निवासी चन्द्रप्रसाद गौडेलले आफ्ना छोरा वसन्तराज गौडेलको सम्झनामा गुलरिया नगरपालिका– १ मा रहेको शम्भुशरण मावि खैरापुरमा अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ ।

शम्भुशरण मावि कक्षा १० मा अध्ययनर वसन्तराज जगौडेलको ब्लड क्यान्सरका कारण २०६१ साल असार २ गते निधन भएको थियो । २०४४ सालमा जन्मिएका वसन्त पढाईमा अव्बल रहेको तत्कालिन विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताए ।

उनका अनुसार विरामी वसन्तलाई रोगले च्याप्दै लग्यो । २०६० साल चैत्रमा परीक्षा दिनुअघि उनी संसारबाट विदा भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

सुरुमा ११ हजार अक्षयकोष स्थापना गरिएको थियो भने हाल एक लाख ५ रुपैयाँ रहेको र त्यसको व्याजबाट आएको रकमले जेहेन्दार तथा विपन्न वर्गका १० कक्षादेखि माथिका विद्यार्थिका लागी छात्रवृद्धि दिइने शम्भुशरण मावि खैरापुरका प्रधानाध्यापक राकेश यादवले बताए ।

चन्द्रप्रसाद गौडेलका ४ सन्तानमध्ये वसन्त कान्छा रहेका थिए । बुढेसकालको साहारलाई कलिलै उमेरमा गुमाउनुको पीडा पीडितलाई मात्र थाह हुने भएको हुँदा छोरो बाँचेको भए के हुन्थो थाहा भएन तर, छोरा नहुँदा सम्झनाका लागी आफुले विद्यालयसँग समन्वय गरी अक्षयकोष स्थापना गरेको गौडेलले बताए ।

सधै पढाइमा व्यस्त रहने भाइको उपचारको लागी चितवन, भारतको लखनउ लगायतका शहरमा उपचार गराएको अहिले जस्तै लाग्ने दीदी पार्वती गौडेलले बताईन । अक्षयकोष स्थापनाका लागी तत्कालिन विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले प्रस्ताव गरेपछि आफुहरुले अक्षयकोष स्थापना गरेको वसन्तका दिदी पार्वतीले बताइन ।

यसअघि फरक पर्न गएको सच्चाइएकोछ । -सं.