चक्रे मिलन (सानो घेरा) र उनको सुरक्षार्थ खटिएका युवकले बोकेको हतियार ‘पोइन्ट टुटु’ राइफल (ठुलो घेरा) ।
नेपालगन्ज २९ चैत्र : गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई हतियारसहित सुरक्षा दिने युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएकोछ ।
‘पोइन्ट टुटु’ राइफल हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि गुण्डा नाइके चक्रेका बडीगार्ड गणेश बोगटीलाई हिजो मङ्गलबार हतियारसहित पक्राउ गरिएको थियो । पक्राउ परेका गुण्डा नाइके चक्रेका ‘बडीगार्ड’ बोगटीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको हो ।
बाँके बैजनाथ गाउँपालिकाका बोगटीले सार्वजनिक स्थलमा ‘पोइन्ट टुटु’ राइफल प्रदर्शन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बोगटीलाई अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान थालेको बताए । ‘अभद्र व्यवहारमा मुद्दा लगाएर अनुसन्धान थालेका छौँ । अनुसन्धान गर्दै जाँदा अरु भेटिए, थप मुद्दा लाग्छ,’ एसपी राठौरले भने ।
गुण्डा नाइके चक्रे मिलन नेपालगन्ज आएका बेला उनलाई ‘पोइन्ट टुटु’ राइफल हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएको थियो ।
तीन दिनअघि (आईतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन उक्त हतियारको सुरक्षा घेरामा देखिएका थिए । उनी आफ्ना सहयोगीका साथ होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका बोगटीले उक्त हतियार बोकेका थिए ।
प्रहरीका अनुसार उक्त हतियारको जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिइएको पाइएको छ । सो हतियार के प्रयोजनका लागि र कहिले लाइसेन्स लिइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘पोइन्ट टुटु’ राइफलको सुरक्षा घेरामा देखिएको भिडियो सार्वजनिक भएको भोलिपल्ट सोमबार चक्रे नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित महाधिवेशन स्थलमा समेत देखिए ।
युवाको एक समुह घेराभित्र रहेका उनी सुरक्षाकर्मीलाई चुनौती दिदैँ सरासर महाधिवेशन स्थलको मुख्य मञ्चमै गए । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मञ्चासिन थिए ।
युवाको घेराभित्र निर्धक्क हातारिँदै मञ्चतर्फ पुगेका उनलाई त्यही छेउमा रहेका सुरक्षाकर्मीले समेत चिन्न सकेनन् । महाधिवेशन मञ्चसँगै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत उनलाई को हुन् भन्ने समेत पत्तो भएन । यतिमात्र होइन महाधिवेशन स्थलको मञ्च छेउमा सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ रहेका अधिकांश सञ्चारकर्मीले उनलाई समेत को हुन् भनेर चिन्न सकेनन् ।
सोही छेउ भएर उनी युवासंघका महासचिव क्षितिज थैवेले कार्यक्रम सञ्चालन गरिरहेको ठाउँबाट मञ्चमा उक्लिए । महाधिवेशन मञ्चबाट उनी त्यसरी नै बाहिरीए ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष समेत रहेका ज्ञानु ओली र विमल केसीको निमन्त्रणामा नेपालगन्ज पुगी युवासंघको महाधिवेशन स्थलमा समेत पुगेका हुन् ।
गुण्डा नाइकेहरू ‘घैंटे’ भनिने कुमार श्रेष्ठ र ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरी इन्काउण्टरमा मारिएपछि गुण्डागर्दी हटेको भनिएको थियो । त्यसपछि स्वयं चक्रे मिलन पनि गुमनाम बसेका थिए । तर, अहिले उनका केही गतिविधि अस्वाभाविक देखिएको छ ।
थप समाचार
चर्चित ‘डन’ चक्रे मिलनलाई सुरक्षा दिने युवा हतियारसहित पक्राउ
चर्चित ‘डन’ चक्रे मिलनलाई ‘पोइन्ट टुटु’* राइफलको सुरक्षा, युवा महाधिवेशन स्थल निर्धक्क पुगे
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)