नेपालगन्जमा ‘खोज र खोप’ अभियान : खोप नलगाएका १७७ बच्चा भेटिए


नेपालगन्जमा ‘खोज र खोप’ अभियान : खोप नलगाएका १७७ बच्चा भेटिए

File Photo

नेपालगन्ज २९ वैशाख : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र एक सय ७७ जना बच्चाले खोप नलगाएको भेटिएकोछ । ‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र एक सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको हो ।

यसरी खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई बैशाख ३१ गते खोप लगाउने तयारी गरिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको पालिकास्तरीय पूर्ण खोप समन्वय बैठकमा नेपालगन्जका जनप्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखले खोप लगाउन छुटेका सबै बालबालिकालाई ३१ गते समेट्ने प्रतिबद्धता गरेका हुन् ।

नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्ममा खोप सञ्चालन गर्ने गरिन्छ । यो अभियानमा १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ । सबै प्रकारका खोप लगाउन छुटेका बच्चालाई जसरी पनि खोपमा समेट्न उपमहानगरपालिका लागि परेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिकाका निमित्त मेयर कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख थापा, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर गौतम, स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठलगायत कार्यपालिका सदस्य, वडाध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुखहरुले ३१ गतेलाई महासंग्रामको रुपमा लिदै छुटेका सबै बालबालिकालाई खोप लगाउनु पर्ने धारणा राखेका छन् ।

नेपालगन्जमा लक्षित जनसंख्या कभर हुने तर, धेरै बालबालिका खोपमा छुट्ने गरेको पाइन्छ । खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको छ ।

यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएपनि अझै धेरै बालबालिकालाई खोपमा समेट्न सकिएको छैन । जुन कुरालाई स्वास्थ्यकर्मीहरुले स्वीकार गरिरहेका छन् । मान्दै नमान्ने बच्चालाई हामीले कसरी खोप लगाउने रु स्वास्थ्यकर्मीको गुनासो रहने गरेको छ ।

नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्छ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ ।

थप समाचार

घरदैलोमार्फत खोप नलगाउनेको कारण खोजिदैँ

डुडुवा बन्यो बाँकेकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने पालिका

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित

नेपालगन्जबासीले औषधि खाएनन्, कभरेज दर ५० प्रतिशत पनि पुगेन

नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे