नेपालगन्ज १ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो ।
अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि ११ दिनदेखि फरार रहेका रायमाझी आईतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए । हिजै राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ ।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।
यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।
गत बुधबार पक्राउ परेका खाँणमाथि आईतबार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
थप समाचार
खाणलाई ४ दिन हिरासतमा राख्न अनुमति, काँग्रेसबाट निलम्बन गर्ने तयारी
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’