नेपालगन्जमा थुनेर मारिदै छ ‘गौमाता’लाई

तत्काल आमाको रक्षा गरौं : सहमहामन्त्रि देवकोटा, धेरै गाईहरु मर्दैछन् सबै मिलेर बचाऔं : आशिष 


दामोदर भण्डारी दामोदर भण्डारी   आइतबार, भदौ १०, २०८०
नेपालगन्जमा थुनेर मारिदै छ ‘गौमाता’लाई

अस्ट्रेलिया १० भदौ : हिन्दु धर्ममा गाईलाई आमा मानिन्छ । मान्छे जिउँदो हुँदा होस् वा मृत्यु गाई नभइ कार्य सम्पन्न नै हुदैन । शुद्ध हुन त झन गाईको पिसाव नपिएर र नछर्केर शुद्धनै भइदैन । तर नेपालगन्जमा गौमातालाई दिन दिनै थुनेर मारिदै छ ।

नेपालगन्जदेखि पूर्व तर्फ जानुस् फुल्टेक्रा हुँदै पुरैनी छेउ विर्तामा जहाँ पशु थुनिएर राखिएको छ । जब तपाई आफ्ना नयन (आँखा) चारै दिशा घुमाउनु हुन्छ आँखाबाट आँशु नखसालि रहन सक्नु हुन्न । त्यो दर्दनाक दृष्य देखेर हरेकको मन भक्कानिएर आउँछ ।

नेपालगन्ज नगरपालिकाले सडकबाट गाईहरु लिन्छ र कान्जिहाउसमा लगेर थुनी दिन्छ । न उनिहरुको राम्रो बस्ने बास नै छ न खाने गास नै । बस्ने व्यवस्था र खाने आहाराको अभावमा थुनेर राखिएका दर्जनौ गाईहरु दैनिक मरिरहेका छन् । 

नेपालको कानुनले पशुलाई पनि बाँच्न पाउने अधिकार दिएको छ । तर यहाँ रहेका गाईहरु आफ्नो बाँच्न पाउने अधिकार पनि नपाएर मृत्युवरण गर्नु परेको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा रहेका पशुलाई त लगेर थुन्यो तर उनिहरुको राम्रो व्यवस्थापन नगरिदा दर्जनौ गाईहरु मरिसके र अहिले पनि दिनहुँ मरिरहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उपमहानगरपालिकाको यो कान्जि हाउसमा चारैतिर पानी, हिलाम्मे भुँइ अनि गाईलाई बस्ने ओभानो जमिन कहिं छैन । यहि हिलोमा गाईलाई बस्नु पर्ने बाध्यता, खाने आहारा नपाउनु, विभिन्न रोगको संक्रमन, उपचारको व्यवस्था नहुनुले गाईहरु दिन दिनै मृत्युको सिकार हुनु परेको छ ।

कान्जि हाउसमा तपाई पुग्नु भयो भने थुनेर राखेका गाईहरु खान नपाएर दुब्लाएर हड्डी र छाला मात्र देखिन्छ । कोही रोगले बिरामी भएर छट्पटाई देखिन्छन् । मरेका गाईहरु यत्र तत्र ढलेका देखिन्छन् । खाने आहारा नपाएर कोही गाई मृत्युसँग लड्दै छटपटाइरहेको दर्दनाक दृष्य देखिन्छ । 

नेपालगन्जमा घाइते भएका गाईहरुको रेखदेख गर्दै आइरहेका नेपालगन्जका युवा आशिष गोयलले कान्जि हाउसमा गाईहरु हेर्नै नसकिने अवस्था रहेको बताए । ‘खान नपाएका, विरामी भएर मर्न लागेका, मरेर भुँइमा लडेका गाई मात्र देखिन्छन् ।’ उनले सेतोखरीसँग भने । भने ।

त्यहा ५०, ६० वटा गाइरहेको बताउदै गोयलले उपमहानगरले राखेका कर्मचारीले दुहुना गाईलाई मात्र हेरचाह गर्ने उनीहरुबाट दुध दोएर लग्ने बाँकी गाईको वास्तै नगर्ने गरेको बताए । उनले नेपालगन्ज गाडीले हानेर घाइतै बनाएको गाईलाई चितवनमा लगेर अप्रेशन गरेर ठिक पारेर कान्जि हाउसमा लगेर छोड्दा भर्खर मात्र १० दिनमा मरेको बताए ।

‘उपमहानगरले गाईहरु लग्दै कान्जि हाउसमा थुनिदिन्छ । चारैतिर हिलो र पानी छ, बस्ने खाने व्यवस्था छैन ।’ गोयलले सेतोखरीसँगको कुराकानीमा भने ‘म पुगेर आँए जसको पनि मन रुन्छ । हामीले धेरै पटक मेयर सावलाई भेटर भन्यौ वहाँले हाम्रो कुरा सुन्नु भएन । म सबैलाई अनुरोध गर्छु बाँकी गाईहरुलाई सबै मिलेर बचाऔं ।’ नेपालगन्ज उपमहानगरपालिकाले भने सक्दो गरिरहेको बतायो ।

राप्रपाका सहमहामन्त्रि ऋषी देवकोटाले नेपालगन्ज उपमहानगरपालिकाको कान्जि हाउस भित्र गाइहरुको मृत्यु हुनु निकै दुःखद र निन्दनीय कुरा भएको बताए । गाई भनेको आमा भएको उल्लेख गर्दै नेपालगन्ज निवासी देवकोटाले तत्काल आमाको रक्षा गर्न उपमहानगरलाई अनुरोध गरे । उपमहानगरको कान्जि हाउस भएकोले यदि उपमहानगरले गर्न नसके हात खडा गर्न चुनौती दिंदै त्यसको रक्षा गर्न जनता तयार रहेको बताए ।