तत्काल आमाको रक्षा गरौं : सहमहामन्त्रि देवकोटा, धेरै गाईहरु मर्दैछन् सबै मिलेर बचाऔं : आशिष
अस्ट्रेलिया १० भदौ : हिन्दु धर्ममा गाईलाई आमा मानिन्छ । मान्छे जिउँदो हुँदा होस् वा मृत्यु गाई नभइ कार्य सम्पन्न नै हुदैन । शुद्ध हुन त झन गाईको पिसाव नपिएर र नछर्केर शुद्धनै भइदैन । तर नेपालगन्जमा गौमातालाई दिन दिनै थुनेर मारिदै छ ।
नेपालगन्जदेखि पूर्व तर्फ जानुस् फुल्टेक्रा हुँदै पुरैनी छेउ विर्तामा जहाँ पशु थुनिएर राखिएको छ । जब तपाई आफ्ना नयन (आँखा) चारै दिशा घुमाउनु हुन्छ आँखाबाट आँशु नखसालि रहन सक्नु हुन्न । त्यो दर्दनाक दृष्य देखेर हरेकको मन भक्कानिएर आउँछ ।
नेपालगन्ज नगरपालिकाले सडकबाट गाईहरु लिन्छ र कान्जिहाउसमा लगेर थुनी दिन्छ । न उनिहरुको राम्रो बस्ने बास नै छ न खाने गास नै । बस्ने व्यवस्था र खाने आहाराको अभावमा थुनेर राखिएका दर्जनौ गाईहरु दैनिक मरिरहेका छन् ।
नेपालको कानुनले पशुलाई पनि बाँच्न पाउने अधिकार दिएको छ । तर यहाँ रहेका गाईहरु आफ्नो बाँच्न पाउने अधिकार पनि नपाएर मृत्युवरण गर्नु परेको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा रहेका पशुलाई त लगेर थुन्यो तर उनिहरुको राम्रो व्यवस्थापन नगरिदा दर्जनौ गाईहरु मरिसके र अहिले पनि दिनहुँ मरिरहेका छन् ।
उपमहानगरपालिकाको यो कान्जि हाउसमा चारैतिर पानी, हिलाम्मे भुँइ अनि गाईलाई बस्ने ओभानो जमिन कहिं छैन । यहि हिलोमा गाईलाई बस्नु पर्ने बाध्यता, खाने आहारा नपाउनु, विभिन्न रोगको संक्रमन, उपचारको व्यवस्था नहुनुले गाईहरु दिन दिनै मृत्युको सिकार हुनु परेको छ ।
कान्जि हाउसमा तपाई पुग्नु भयो भने थुनेर राखेका गाईहरु खान नपाएर दुब्लाएर हड्डी र छाला मात्र देखिन्छ । कोही रोगले बिरामी भएर छट्पटाई देखिन्छन् । मरेका गाईहरु यत्र तत्र ढलेका देखिन्छन् । खाने आहारा नपाएर कोही गाई मृत्युसँग लड्दै छटपटाइरहेको दर्दनाक दृष्य देखिन्छ ।
नेपालगन्जमा घाइते भएका गाईहरुको रेखदेख गर्दै आइरहेका नेपालगन्जका युवा आशिष गोयलले कान्जि हाउसमा गाईहरु हेर्नै नसकिने अवस्था रहेको बताए । ‘खान नपाएका, विरामी भएर मर्न लागेका, मरेर भुँइमा लडेका गाई मात्र देखिन्छन् ।’ उनले सेतोखरीसँग भने । भने ।
त्यहा ५०, ६० वटा गाइरहेको बताउदै गोयलले उपमहानगरले राखेका कर्मचारीले दुहुना गाईलाई मात्र हेरचाह गर्ने उनीहरुबाट दुध दोएर लग्ने बाँकी गाईको वास्तै नगर्ने गरेको बताए । उनले नेपालगन्ज गाडीले हानेर घाइतै बनाएको गाईलाई चितवनमा लगेर अप्रेशन गरेर ठिक पारेर कान्जि हाउसमा लगेर छोड्दा भर्खर मात्र १० दिनमा मरेको बताए ।
‘उपमहानगरले गाईहरु लग्दै कान्जि हाउसमा थुनिदिन्छ । चारैतिर हिलो र पानी छ, बस्ने खाने व्यवस्था छैन ।’ गोयलले सेतोखरीसँगको कुराकानीमा भने ‘म पुगेर आँए जसको पनि मन रुन्छ । हामीले धेरै पटक मेयर सावलाई भेटर भन्यौ वहाँले हाम्रो कुरा सुन्नु भएन । म सबैलाई अनुरोध गर्छु बाँकी गाईहरुलाई सबै मिलेर बचाऔं ।’ नेपालगन्ज उपमहानगरपालिकाले भने सक्दो गरिरहेको बतायो ।
राप्रपाका सहमहामन्त्रि ऋषी देवकोटाले नेपालगन्ज उपमहानगरपालिकाको कान्जि हाउस भित्र गाइहरुको मृत्यु हुनु निकै दुःखद र निन्दनीय कुरा भएको बताए । गाई भनेको आमा भएको उल्लेख गर्दै नेपालगन्ज निवासी देवकोटाले तत्काल आमाको रक्षा गर्न उपमहानगरलाई अनुरोध गरे । उपमहानगरको कान्जि हाउस भएकोले यदि उपमहानगरले गर्न नसके हात खडा गर्न चुनौती दिंदै त्यसको रक्षा गर्न जनता तयार रहेको बताए ।
रुकुमपश्चिम दुर्घटनास् दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा