अख्तियारद्वारा घुससहित *जलाधार अधिकृत नेपालगन्जबाट पक्राउ


दामोदर भण्डारी दामोदर भण्डारी   बुधबार, वैशाख ५, २०८१
अख्तियारद्वारा घुससहित *जलाधार अधिकृत नेपालगन्जबाट पक्राउ

नेपालगन्ज ५ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जले घुस रकम सहित एक जना जलाधर व्यवस्थापन अधिकृतई पक्राउ गरेको छ । 

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम लम्की, कैलालीमा कार्यरत जलाधर व्यवस्थापन अधिकृत प्रभाकर पाललाई अख्तियारले बुधबार दिउँसो नेपालगन्जबाट घुस रकमसहित पक्राउ गरेको हो । 

ठेकेदारबाट घुस रकम लिए लगत्तै नेपालगन्जको एक होटल परिसरबाट अख्तियारले जलाधर व्यवस्थापन अधिकृत पाललाई पक्राउ गरेको हो । जलाधर व्यवस्थापन अधिकृत पालको साथबाट अख्तियारले एक लाख २० हजार नगद रकम बरामत गरिएको सेतोखरीलाई अख्तियारले जानकारी दिएकोछ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ५ मा तटबन्धको काम समाप्त पश्चात रकम भुक्तानी भएलगत्तै जलाधर व्यवस्थापन अधिकृत पालले कमिसन बापतको रकम चाहियो भन्दै ठेकेदारलाई दावव दिएका थिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

ठेकेदारले घुस रकम दिएर बाहिर निस्के लगत्तै अख्तियारको टोलीले होटल परिसरमै जलाधर व्यवस्थापन अधिकृत पाललाई घुस रकम सहित पक्राउ गर्न सफल भएको अख्तियारले सेतोखरीलाई जनाएको हो ।
उक्त कार्यक्रमले सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्व दाङको भालुवाङ्गसम्म हेर्ने गर्छ ।

*भुलबस यसअघि पद र शिर्षक फरक पर्न गएकोमा सच्चाइएको छ ।–सम्पादक