नेपालगन्ज १४ असार : नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव : हेर्नुहोस् बाँकेका को–को छन् मतदाता (सूचीसहित)
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
अध्यक्ष शिव लम्सालले आज प्रेस विज्ञप्ति जारी गर्दै महासंघ नेतृत्वले युनियनसँग गरेको सदस्यता सम्बन्धि प्रतिबद्धता कार्यान्वयन नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए भाग नलिई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । युनियनले उठाएका विषयलाई बेवास्ता गरेर अघि बढेमा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयं महासंघको नेतृत्व हुने विज्ञप्तीमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
सदस्यता विवादलाई विधान अनुसार टुङ्ग्याउन महासंघको नेतृत्वले उदासिनता देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लम्सालले शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैरपत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति यसअघि नै असहमति जनाइसकेको स्मरण गराएका छन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
युनियनले असार ९ गते पत्रकार महासंघको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे मागसहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराएको छ ।
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र