File Photo
बर्दिया : नेपाल–भारत सीमा क्षेत्रमा जोडिएको जंगल क्षेत्रमा बाघले ५ जना मानिसलाई खाएपछि पछिल्लो पटक नरभक्षी बाघलाई नियन्त्रणमा लिन अभियान चलाइएको छ ।
नरभक्षी बाघलाई नियन्त्रणमा लिनका लागी बाघ हिड्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा क्यामरा जडान गरि ‘ट्रापिङ’ शुरु गरिएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिए ।
पहिले बाघ हिड्ने सम्भावित क्षेत्र पहिचान गरी बर्दिया राष्ट्रिय निकुञ्जसंग समन्वय गरी बाघलाई नियन्त्रणमा लिई निकुञ्जमा छोडिने शर्माले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाघ नियन्त्रणमा लिनका लागी आफुहरुले प्राविधिक सहयोग गर्ने बता जानकारी दिए ।
वडाध्यक्ष नारायण मल्लका अनुसार बाघले अहिलेसम्म ५ जना मानिसलाई मारिसकेको छ । साथै गाउँघरका घरपालुवा जनावरको कुनै हिसाव किताव नभएको बताए । मल्लले नरभक्षी बाघलाई समयमै नियन्त्रणमा लिन नसकिए थप जोखिम र दुर्घटना हुने भन्दै यसका लागि सम्बद्ध सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उनले औलाए ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर– ३ धनौरामा रहेको बेलझुण्डि सामुदायिक वन क्षेत्र भारतको उत्तरप्रदेशको कर्तनिया बनविहारसंग जोडिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्गको रुपमा रहेको सो क्षेत्रमा पटक–पटक बाघको आक्रमणमा परी ५ जना नेपाली नागरिकको ज्यान गैसकेको छ ।
पछिल्लो एक महिनामा १ जना महिला एक जना बालक सहित ३ जना पुरुषको बाघको आक्रमणमा परि ज्यान गएको छ ।
यसैविच नेपाली काँग्रेसका महासमिति सदस्य जग्गाप्रसाद पाण्डेले मृतकका परिवारलाई उचित क्षतिपुर्ति सहित रोजगारी प्रदान गर्न र मृतकका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्नका लागी स्थानीय सरकारसगं माग गरे ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी