सांकेतिक तस्विर
बर्दिया : बर्दियामा पछिल्लो समय वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै गएको छ । यद्यपि यो द्वन्द्वमा मानव पक्षले ठूलो क्षति ब्यहोरेकोछ ।
मधुवन नगरपालिका वडा नम्बर–३ मा रहेको बेलझुण्डी सामुदायिक वनमा बाघले एक जना बालक सहित ५ जनालाई मारेको घटना सेलाउन नपाउँदै पुनः बाघको आक्रमणमा परि एकजना बृद्धको मृत्यु भएकोछ ।
बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर–४ राजिपुर निवासी ६१ वर्षिय लाहनु थारुको शनिबार बेलुका बाघको आक्रमणमा परी ज्यान गएकोछ । योसगैं पछिल्लो २ महिनामा लाहनु थारुसहित ६ जनाको बाघको आक्रमणमा परि मृत्यु भएकोछ ।
शनिवार बेलुकी सात बजेतिर घर नजिकै रुखमा बाधि राखेका गोरु गोठमा ल्याउनका लागी गएका थारुको एउटा गोरुलाई बाघले खाँदै गरेको देखेका थिए । थारुलाई देख्ने वित्तीकै बाघले आक्रमण गर्यो उनको घटनास्थल मै मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा गेरुवाका सभापति डिलबहादुर विसीले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा सूचना अधिकारी असिम थापाका अनुसार घटना घटे लगत्तै आफुहरु घटनास्थल पुगी बाघको खोजीमा लागेको बताए । उनका अनुसार घटनास्थलमा पुगे पनि रातीको समयमा क्यामरा जडान गर्न समस्या भएका कारण आईतवार विहान क्यामरा जडान गरी बाघको पहिचान गर्ने कार्य शुरु भएको जानकारी दिए ।
उनका अनुसार मधुवनमा मानिसलाई खाएको बाघ र यो बाघ एउटै हुन हुन सक्ने बताउँदै बाघ एकै स्थानमा धेरै समय नरहने हुदाँ दुबै ठाउँको घट्ना प्रकृति उस्तै भएकाले एउटै बाघ हुन सक्ने थापाको दाबि छ ।
यसअघि नरभक्षी बाघ खोजीका लागि मधुवन नगरपालिको बेलझुण्डि सामुदायिक वनमा सम्भावित बाघको पहिचान लागी राखिएको क्यामरामा अहिलेसम्म बाघ नदेखिएको थापाले बताउँदै संभवत सोहि बाघ गेरुवा आइपुगेको हुन सक्ने आँकलन गरे । मधुवन नगरपालिकाको घटनास्थल र गेरुवा गाँउपालिकाको घटनास्थलको दूरी करिब १९ किलोमिटर रहेको छ ।
स्थानीयबासीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको बाघ निकुञ्ज बाहिर आएर थारुलाई आक्रमण गरेको हुनसक्ने बताएकाछन् । बाघले एउटा गोरुलाई मारेपनि अर्को गोरुलाई भने केहि गरेको थिएन ।
बर्दियामा २ महिनाको अवधिमा बाघको आक्रमणबाट एक जना बालक सहित ६ जना ब्यक्तिको मृत्यु भैसकेको छ ।
यतिबेला बर्दियामा बाघ आतंक बढेसगैं वन क्षेत्रका स्थानीयबासी त्रासमा रहेकाछन् । वन क्षेत्रबाट बाहिर निस्केर बस्तीस्तरमै पुगी बाघले मान्छे र घरपालुवा पशु आक्रमण गर्न थालेपछि सो क्षेत्रका स्थानीयले बाघको पहिचान गरि नियन्त्रण गरिनुपर्ने माग गर्दै आएकाछन् ।
त्रासको वातावरणमा रहेका मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयले २ महिनादेखि बाघ नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारीरुपमा केही गर्न नसकेको भन्दै अझ ठूलो क्षती हुने भन्दै चिन्ता ब्यक्त गरेकाछन् ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी