स्मार्ट कृषि गाउँबाट उत्पादन गरिएका सामानको बजार व्यवस्थापन सहज हुनुपर्ने


स्मार्ट कृषि गाउँबाट उत्पादन गरिएका सामानको बजार व्यवस्थापन सहज हुनुपर्ने

बर्दिया : स्मार्ट कृषि गाउँबाट उत्पादन गरिएका बस्तुको बजार व्यवस्थापनमा समन्वयको अभाव भएको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले आयोजना गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले बजार ब्यवस्थापनमा समन्वय अभाव हुँदा किसान मारमा परेको भन्दै यसप्रति चासो देखाएकाछन् ।

किसानले उत्पादन गरेका बस्तुभाउ तथा खाद्यान्नको उचित बजार पाउन नसकेको तथा आधुनिक कृषि व्यवसायीको विषयमा सहि जानकारी नपाएका कारण उत्पादनमा समेत असर परेको उनीहरुले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला समन्वय समितिका अध्यक्ष शंखरप्रसाद थारुले एकिकृत व्यवसायका बारेमा किसानलाई सामान्य जानकारी भएपनि त्यसको उत्पादन तथा व्यवस्थापनका विषयमा जानकारी नहुँदा समस्या भएको बताए ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले किसानका समस्या समाधान गर्नुका साथै बजार व्यवस्थापनमा सहजीकरण गर्न उनले सुझाव दिए ।

कार्यक्रममा कार्यालय प्रमुख विनोद घिमिरेले कार्यालयले किसानमा समस्या सुनेर समाधान गर्ने बताउँदै बजारका लागी पनि सहजिकरण गरिरहेको जानकारी दिए । उनले कार्यालयले सञ्चालन गरिरहेका कार्यक्रम तथा त्यसको प्रभावका वारेमा समेत प्रकाश पारे ।

कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेका प्राविधिक अधिकृत रविन गिरीले किसानले खाद्यान्नमा सहज रुपमा कसरी उत्पादन लिने र नयाँ बीउ बिजनका विषयमा जानकारी गराएका थिए ।

गेट नेपाल बीउ उत्पान कम्पनीका मिलन सापकोटाले बीउ उत्पादनमा सहयोग गरिरहेको बताए । कार्यक्रममा मधुवन नगरपालिका —८ का किसान नन्दलाल ओली , बारबर्दिया — ५ का किसान पतिराम थारु लगायतकाले किसान मैत्री कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिए ।