नेपालगन्ज ४ चैत : यामाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता बर्दिया अटो ईन्टरनेशनल प्रालिले यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको जनाएकोछ ।
गत फागुन २८ गतेदेखि नेपालगन्जको सुर्खेतरोड स्थित वाटरपार्कको गेटमा चलेको मेला बिहीबार सकिदैँछ ।
बर्दिया अटो ईन्टरनेशनल प्रालिका सञ्चालक घनश्याम बरालका अनुसार यो हालसम्मकै ठूलो एक्सचेन्ज मेला भएको जनाए ।
उनका अनुसार कोरोना भाइरस कहरमा पनि मोटरसाईकल एक्सचेन्ज गर्नेको उल्लेख्य सहभागिता भएकोछ । महाएक्सचेन्ज मेला उत्साहजनक ग्राहकको सहभागिता हुनुका साथै यामाहा मोटरसाईकल एक्सचेन्ज समेत भएको उनले बताए ।
मेलामा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने बर्दिया अटो ईन्टरनेशनल प्रालिका सञ्चालक बरालले जानकारी दिए ।
त्यसैगरी मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप समेत हुने कम्पनीले जनाएको छ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू