यामाहा महाएक्सचेन्ज मेलाः तपाईको मोटरसाईकल एक्सचेन्ज गर्ने अवसर


यामाहा महाएक्सचेन्ज मेलाः तपाईको मोटरसाईकल एक्सचेन्ज गर्ने अवसर

नेपालगन्ज ४ चैत : यामाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता बर्दिया अटो ईन्टरनेशनल प्रालिले यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको जनाएकोछ ।

गत फागुन २८ गतेदेखि नेपालगन्जको सुर्खेतरोड स्थित वाटरपार्कको गेटमा चलेको मेला बिहीबार सकिदैँछ ।

बर्दिया अटो ईन्टरनेशनल प्रालिका सञ्चालक घनश्याम बरालका अनुसार यो हालसम्मकै ठूलो एक्सचेन्ज मेला भएको जनाए ।

उनका अनुसार कोरोना भाइरस कहरमा पनि मोटरसाईकल एक्सचेन्ज गर्नेको उल्लेख्य सहभागिता भएकोछ । महाएक्सचेन्ज मेला उत्साहजनक ग्राहकको सहभागिता हुनुका साथै यामाहा मोटरसाईकल एक्सचेन्ज समेत भएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

मेलामा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने बर्दिया अटो ईन्टरनेशनल प्रालिका सञ्चालक बरालले जानकारी दिए ।

त्यसैगरी मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप समेत हुने कम्पनीले जनाएको छ ।