गुलरिया (बर्दिया) ५ चैत : बर्दियामा एकदिनको अन्तरालमा फेरि अर्को पाटेबाघ नियन्त्रणमा लिइएकोछ ।
बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट सो पाटेबाघ नियन्त्रणमा लिइएको हो ।
यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट एउटा पाटेबाघलाई नियन्त्रणमा लिइएको थियो ।
खाता जैविक मार्ग क्षेत्रबाट आज (बिहीबार) नियन्त्रणमा लिएको सो पाटेबाघ अन्दाजी १० वर्षको रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एंवम सूचना अधिकारी असिम थापाले जानकारी दिए ।
पछिल्लो समय बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।
चालु आर्थिक वर्षमा ९ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भैसकेको अवस्थामा मान्छे खाने बाघ यहि हुनसक्ने अनुमान गरिएकोछ । यद्यपी यस विषयमा अनुसन्धान थालिएकोछ ।
पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । बाघ आक्रमणका घट्ना बढ्दैगएपछि निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गर्दै निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँस दाउरा लिन नजान पटकपटक आग्रह गरेपनि स्थानीयले अटेर गरेपछि बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।
यसअघि पनि गत कार्तिक २४ गते बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे खाने एउटा पाटेबाघ निकुञ्जको टोलीले ‘डार्ट’ गरि नियन्त्रणमा लिइसकेको छ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू