गुलरिया–राजापुर सडकखण्डको कालोपत्रेमाथि ग्राबेल


गुलरिया–राजापुर सडकखण्डको कालोपत्रेमाथि ग्राबेल

बर्दिया ८ वैशाख : बर्दियाको गुलरिया राजापुर सडक खण्डको केहि भागमा कालोपत्रे माथि ग्रावेल गरिएको छ । बर्दियाको गुलरिया बजारदेखि करिब ३ किलोमिटर पश्चिम हुलाकी राजमार्गको सो क्षेत्रको कालोपत्रे सडकमाथि ग्रोबेल गरिएको हो ।

कालोपत्रे सडकको दुवै छेउ ग्रावेल राखिएको छ भने यसले सडक दुर्घटनाको जोखिम समेत बढाएकेछ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले यो विषयमा आफुलाई केहि थाहा नभएको हुँदा स्थलगत अनुगमन गरेर मात्र थप जानकारी दिने बताए ।

करिब २ किलोमिटर लम्बाई बाटोमा यसरी ग्रावेल गरिँदा सम्बन्धित निकाय भने बेखबर बनेकोछ । सो हुलाकी राजमार्गको निर्माण जिम्मा पप्पु कन्सट्रक्सनले पाएको थियो । पछि पप्पुबाट गणपती कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

अहिले सो क्षेत्रमा कालोपत्रे गरिएको स्थानमा ग्रावेल गरिँदा बाटो कुरुप बनेको छ । कालोपत्रे सडक पनि ठाँउ–ठाउँमा उप्किएको छ ।

कालोपत्रे सडकमा ग्राविल राखिएको विषयमा बुझ्दा गणपती कन्स्ट्रक्सनका प्रेम भुषालले अन्यत्र कामका लागी स्टोर गर्ने स्थान नभएपछि त्यहाँ स्टोर गरिएको बताए ।
कालो पत्रे गरिएको स्थानमा ग्रावेल गर्ने सोच नभएपनि अनलोड गर्दा सो समस्या देखिएको उनले बताए ।

सदरमुकामदेखि करिब ४ किलोमिटरको दूुरीमा यसरी निर्माण कम्पनीले मनोमानी गर्दा पनि स्थानीय प्रशासन तथा जनप्रतिनिधि गैरजिम्मेवार बनेकाछन् ।

कालोपत्रे गर्दा नै बाटोको छेउमा ग्राबेल गर्नु पर्ने तर, अहिले आएर ग्रावेल थुपार्दा दुर्घटनाको जोखिम बढाउने काम भएको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए ।

जति कालोपत्रे गर्नु पर्ने हो सो गरेर संगसगै बाटोको छेउँछाउमा ग्रावेल गरी रोलिङ्घ गर्नुपर्ने भएपनि अहिले सो काम गर्दा कालोपत्रे समेत उप्कने सक्ने तथा यसरी अनाधिकृत रुपमा ग्रावेल बाटोमा राख्दा सर्वसाधरणलाई समस्या हुने पौडेलले बताए ।