४ वर्षिया बालिका बलात्कार अभियोगमा ७९ वर्षिय बृद्ध पक्राउ


४ वर्षिया बालिका बलात्कार अभियोगमा ७९ वर्षिय बृद्ध पक्राउ

बर्दिया ५ जेठ : बर्दिया प्रहरीले ४ वर्षिया बालिकामाथि जबरजस्ती करणी गर्ने ७९ वर्षिय बृद्धलाई पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–४ का ७९ वर्षिय बृद्धलाई पक्राउ गरिएको हो ।

बर्दिया प्रहरीका अनुसार पक्राउ परेका ती बृद्धलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएकोछ ।

गाउँकै ४ वर्षिया बालिकालाई दिउँसो जवरजस्ती करणी गरेका ती बृद्धलाई सोही दिन बेलुका पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएकोछ ।