बाघको आक्रमणमा परी लालबहादुर गम्भीर घाइते, खुर्पा प्रहार गरेपछि ज्यान बच्यो


बाघको आक्रमणमा परी लालबहादुर गम्भीर घाइते, खुर्पा प्रहार गरेपछि ज्यान बच्यो

बर्दिया १३ जेठ : बर्दियामा बाघको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर– १ स्थित ओराहि सामुदायिक वनमा सोहि स्थानका ७४ वर्षिय लालबहादुर थारु गम्भीर घाईते भएका हुन् ।

बाख्रा चराइरहेका बेला एक्कासी बाघको आक्रमणमा परी लालबहादुर गम्भीर घाइते भएका हुन् । घाइते थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको छ ।

बुधवार दिउँसो करिब ४ बजेतिर बाख्रा चराइरहेका बेला एक्कासी पाटे बाघले आक्रमण गरेपछि थारुको मुखमा र खुट्टामा घाउ भएको छ । उपचाररत थारुको अवस्था सामान्य रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

थारुले आफुसंग रहेको खुर्पाले प्रतिरक्षा गरेपछि बाघ भागेको थियो ।