निगुरो टिप्न गएकी नन्दकलालाई बाघले खायो


निगुरो टिप्न गएकी नन्दकलालाई बाघले खायो

बर्दिया १८ जेठ : बर्दियामा पाटेबाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बर्दिया राष्ट्रिय निकुञ्जको सीमा बाहिर रहेको सामुदायिक वनमा सोमबार बाघले ती महिलालाई आक्रमण गरेको हो ।

बर्दियामा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रको जङ्गलमा रहेका बाघको आक्रमणबाट गएको साउन यता ११ जनाको ज्यान गइसकेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाले जानकारी दिए ।