बर्दिया १८ जेठ : बर्दियामा पाटेबाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।
बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जको सीमा बाहिर रहेको सामुदायिक वनमा सोमबार बाघले ती महिलालाई आक्रमण गरेको हो ।
बर्दियामा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रको जङ्गलमा रहेका बाघको आक्रमणबाट गएको साउन यता ११ जनाको ज्यान गइसकेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाले जानकारी दिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु