बर्दिया ८ असार : बर्दियामा बाढी कृतिम घटना अभ्यास गरिएकोछ । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृतिम अभ्यास गरिएको हो ।
उद्धार सामाग्री र जनशक्तीको अद्यावधिक तथा पुनःर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उघेश्यका साथ हरेक वर्ष झैँ यस वर्ष पनि बर्दियाको कर्णाली नदिमा बाढी कृतिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृतिम घटना अभ्यास राजापुर नगरपालिका– १ बडकी दौलतपुर स्थित कर्णाली नदीमा सम्पन्न भएको हो ।
नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृतिम घटना अभ्यास सम्पन्न गरिएको छ । भने घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवाप्रदान गरि एम्बुलेन्सद्वारा नजिकको अस्पतालमा पठाउने कार्य भएको छ । सोे बाढीको कृतिम घटना अभ्यासमा सबै सरोकार वाला निकायहरुको सहभागीता रहेको थियो ।
विपद् पूर्व तयारी तथा प्रति कार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७८ मनसुन पूर्व तयारी कार्ययोजना अनुसार सोको प्रभावकारीका लागि कृतिम अभ्यास गरियो । सो योजनाको परीक्षण समेत गर्नूपर्ने व्यवस्था भए बमोजिम कर्णाली नदिको दौलतपुरघाट नजिक कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्त बहादुर सुनारले यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारीता हुने विश्वास व्यक्त गर्दै मनसुन सकृय रहेको र बाढी आइ हालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको बताए ।
कार्यक्रमको परिदृश्यबारे जानकारी र कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, जिल्ला विपद् व्यस्थापन समितिका फोकल पर्सन नारायण प्रसाद ढकाल र सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गरेका थिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु