प्रतीकात्मक तस्विर
बर्दिया १८ असार : एकसय रुपैयाँ माग्दा बर्दियामा एक पुरुषले अनाहकमा ज्यान गुमाउन पुगेकाछन् । सुन्दा अचम्म र अपत्यारिलो लाग्ने यो घटना सत्य हो । दुईदिन अघि बर्दियामा घटेको हो ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बाँदरभरिया निवासी ३८ वर्षिय पुरुष लक्षिराम थारुले एक सय रुपैयाँ माग्दा आफ्नो ज्यान गुमाउनुपरेको हो । त्यो पनि उनकै श्रीमति र छोराका कारण ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लक्षिरामको मृत्यु उनको श्रीमति र छोराको कुटाईबाट भएको खुलेकोछ ।
प्रायजसो मदिरा सेवन गरिरहने लक्षिरामले मङ्गलबार बेलुका मदिरा सेवन गर्नका लागि आफ्नी ३८ वर्षिया श्रीमती सीता थारुसंग एक सय रुपैयाँ मागे । मदिरासेवनकै लागि उनले मागेको एक सय रुपैयाँ उनलाई आफ्नो ज्यानको मूल्य चुकाउनुपर्ला भन्ने रत्तिभर पनि विश्वास थिएन ।
त्यसो त सधैं मदिरा सेवन गर्ने लक्षिरामले सो दिन पनि मदिरा सेवनका लागि श्रीमती सीतासंग एक सय रुपैयाँ मागे । एकसय रुपैयाँ मागेको विषय र मदिरा सेवन गरि भएको घरेलु कलहले उनको ज्यान गयो ।
‘विवाद बढ्दै गएपछि लक्षिरामका १८ वर्षिय छोरा आकास थारु र उनकी ३८ वर्षिया श्रीमती सीताले उनीमाथि कुटपिट गर्न थाले । आक्रोस र हिंस्रकमा बदलिएको कुटपिटले गम्भीर घाइते भएका लक्षिरामको उपचारका लागि अस्पताल लगिदैँ गर्दा मृत्यु हुन पुग्यो’ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक शाहीले भने ।
‘श्रीमती र छोराको कुटाईबाट गम्भीर घाइते भएका लक्षिरामलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजादैं गर्दा मृत्यु भयो’ प्रहरी नायब उपरीक्षक शाहीले भने–‘घटना लगत्तै लक्षिरामकी श्रीमती सीता र छोरा आकाशलाई नियन्त्रण लिई कारबाही प्रकृया अघि बढाएकाछौं ।’
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु