File Photo
बर्दिया ३ साउन : बर्दियामा बाघको आक्रमणमा परी मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । पछिल्लो पटक बाघको आक्रमणमा परी ७० वर्षिय जेष्ठ नागरिकको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–६ मोतिपुर निवासी ७० वर्षिय गोरे थापालाई बाघले मारेकोछ ।
ठाकुरबाबा नगरपालिकाको कालिगौडी मध्यवर्ती सामुदायिक वनमा गएको बेला बाघले थापालाई आक्रमण गरी मारेको प्रहरीले बताएकोछ ।
थापा शनिवार सो जंगलमा बाख्रा चराउन गएका थिए । बेलुका घर नफर्किपछि खोजतलास गर्दा आईतबार विहान बाघले खाएको अवस्थामा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु