सिद्धार्थ इन्स्योरेन्स र बाणिज्य संघबीच सामुहिक दुर्घटना बीमा सम्झौता


सिद्धार्थ इन्स्योरेन्स र बाणिज्य संघबीच सामुहिक दुर्घटना बीमा सम्झौता

नेपालगन्ज ५ साउन : नेपालगन्ज उद्योग बाणिज्य संघ र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच सामुहिक दुर्घटना बीमाका लागि सम्झौता भएकोछ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड नेपालगन्ज र नेपालगन्ज उद्योग बाणिज्य संघ नेपालगन्जबीच मङ्गलबार उक्त बीमा योजनामा सम्झौता भएको हो ।

सिद्धार्थ इन्स्योरेन्सका शाखा प्रबन्धक बिमल गौतम र बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीबीच सामुहिक दुर्घटना बीमाका लागि सम्झौता भएको सिद्धार्थ इन्स्योरेन्सका बजार ब्यवस्थापक मिनराज शाहीले जानारी दिए ।

सामुहिक दुर्घटना बीमा अन्र्तगत प्रतिब्यक्ति २ लाख बीमा गरिएकोछ । जसमा दुर्घटना हुदाँ औषधी उपचार खर्चबापत बीमा रकमको १० प्रतिशतका दरले हुन आउने २० हजार रकम एकपटक बीमितले पाउनेछन् । बीमितले एक वर्षमा दुर्घटनाबाट हुन आउने औषधी उपचार खर्च बढिमा एक लाख रुपैयाँ दावि गर्न पाउनेछन् ।

यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि २ लाखको सामुहिक दुर्घटना वीमा गर्ने निर्णय गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

अध्यक्ष मन्सुरीकोे अध्यक्षतामा गत असार ३० गते बुधवार बसेको बैठकले वीमा लगायत आफ्ना संस्थामा हुने नविकरण जस्ता कामहरुमा छुट दिने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

उनले भइपरी आउने जोखिमको अन्त्य गर्नका लागि वीमा प्रभावकारी हुने उल्लेख गरे । संघका सचिव ओलीले मोफसलमा सम्भवत पहिलो पटक वीमाको व्यवस्था गर्न लागेको बताए ।