अबैध रुपमा काठ राखि चिरानी गरीरहेको अवस्थामा वन र प्रहरीको टोलीले बरामद गरेको काठ । तस्विर: दीपक शर्मा /सेतोखरी
बर्दिया ८ साउन : अबैध रुपमा काठ राखि चिरानी गरीरहेको अवस्थामा वन र प्रहरीको टोलीले बरामद गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर– ४ तुल्सिपुर स्थित सौरभ फर्निचर एण्ड सःमिलमा अबैध रुपमा राखि चिरान गरिरहेको अवस्थामा ६०.२४ क्यू फिट सिसौं जातको काठ र ६.३१ क्युफिट सागुन जातको काठ चिरान गरिरहेको अवस्थामा प्रहरी र वनको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी र वनको टोलीले बरामद गरेको सिसौं जातको काठ ७१ हजार ९ सय १६ रुपैयाँ र सागुन जातको काठ मुल्य १८ हजार रुपैयाँ गरी जम्मा ८९ हजार ९ सय १६ रुपैयाँ बराबरको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
श्रोतका अनुसार मिल सञ्चालक बलवीर थापाले सञ्चालन गरिरहेको सो सः मिलमा काठ तस्करीसंगको समन्वयमा चिरानी गर्दै मोटो रकम असुल्ने गरेको बुझिएको छ ।
काठ कसको हो भन्ने विषयमा नखुलेको भएपनि सो घटनालाई प्रहरी तथा वन कार्यालयका कर्मचारीले थोरै रकम देखाएर सामान्य जरिबाना गर्ने बताइएको छ ।
अबैध रुपमा मिलमा यसरी काठ बरामद गरिदाँ पनि कारवाहीको प्रकृया अगाडि नबढेको बुझिएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले मुद्दा दर्ता भइ अनुसन्धानको प्रकृयामा रहेको बताए ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?