अबैध रुपमा बरामद गरिएको काठमा तस्करीलाई उन्मुक्ति दिने प्रयास


अबैध रुपमा बरामद गरिएको काठमा तस्करीलाई उन्मुक्ति दिने प्रयास

अबैध रुपमा काठ राखि चिरानी गरीरहेको अवस्थामा वन र प्रहरीको टोलीले बरामद गरेको काठ । तस्विर: दीपक शर्मा /सेतोखरी

बर्दिया ८ साउन : अबैध रुपमा काठ राखि चिरानी गरीरहेको अवस्थामा वन र प्रहरीको टोलीले बरामद गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर– ४ तुल्सिपुर स्थित सौरभ फर्निचर एण्ड सःमिलमा अबैध रुपमा राखि चिरान गरिरहेको अवस्थामा ६०.२४ क्यू फिट सिसौं जातको काठ र ६.३१ क्युफिट सागुन जातको काठ चिरान गरिरहेको अवस्थामा प्रहरी र वनको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी र वनको टोलीले बरामद गरेको सिसौं जातको काठ ७१ हजार ९ सय १६ रुपैयाँ र सागुन जातको काठ मुल्य १८ हजार रुपैयाँ गरी जम्मा ८९ हजार ९ सय १६ रुपैयाँ बराबरको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

श्रोतका अनुसार मिल सञ्चालक बलवीर थापाले सञ्चालन गरिरहेको सो सः मिलमा काठ तस्करीसंगको समन्वयमा चिरानी गर्दै मोटो रकम असुल्ने गरेको बुझिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

काठ कसको हो भन्ने विषयमा नखुलेको भएपनि सो घटनालाई प्रहरी तथा वन कार्यालयका कर्मचारीले थोरै रकम देखाएर सामान्य जरिबाना गर्ने बताइएको छ ।
अबैध रुपमा मिलमा यसरी काठ बरामद गरिदाँ पनि कारवाहीको प्रकृया अगाडि नबढेको बुझिएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले मुद्दा दर्ता भइ अनुसन्धानको प्रकृयामा रहेको बताए ।