File Photo
बर्दिया १७ साउन : बर्दियामा पछिल्लो पटक लागु औषध सेवनकर्ताको संख्या बढ्दै गएको छ ।
लागुऔषध सेवनकर्ता बढ्दै गएपछि बर्दिया प्रहरीले पनि सक्रियता देखाएकोछ । बर्दिया प्रहरीले लागुऔषध न्यूनिकरणमा तदारुक्ता देखाएपनि कारोबारीलाई पक्राउ गर्न सकेको छैन ।
प्रहरीले लागुऔषध सेवनकर्तालाई मात्र पक्राउ गर्ने तर, कारोवारीलाई समात्न नसकेपछि लागुऔषध नियन्त्रणमा समस्या खड्किएकोछ ।
प्रहरीले ‘नो ड्रक्स’ अभियान पनि सञ्चालन गरिरहेको छ तर, त्यसको प्रभाव सामान्य रुपमा परेपनि साथी संगतको लहलहमै लागेर लागु औषध प्रयोगकर्ताको संख्यामा भने कमि आउन सकेको छैन ।
भारतसंग खुल्ला सीमाना भएकै कारण लागु औषधको कारोवारीले उन्मुक्ति पाउने गरेकाछन् । यसरी लागुऔषधको कारोबारीमा संलग्न ब्यक्तिलाई पक्राउ गरि कानूनी कारबाही गर्न बर्दिया प्रहरी चुकिरहेकोछ ।
लागुऔषध कारोबारीमा संलग्न ब्यक्तिले भरिया र अन्य ब्यक्तिलाई प्रयोग गरि लागुऔषध कारोबार गरिरहेकाछन् । जसले गर्दा बर्दियामा प्रहरीले लागुऔषध सेवनकर्ता र भरियालाई मात्र पक्राउ गरिरहेकोछ ।
लागु औषध कारोबारीको ठूलो सञ्जाल हुनु, खुला सीमानाका र प्रयाप्त मात्रामा सुरक्षाकर्मीको निगरानी हुन नसकेकै कारण कारोबारीले उन्मुक्ति पाइरहेको प्रहरीको भनाईछ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बर्दियाले गत आर्थिक वर्षमा गाँजा ४ किलो एक सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम र ट्याबलेट ७ सय ४८ वटा लागु औषध बरामद गरेको थियो । जसमा ३८ जनालाई पक्राउ गरि २७ जनालाई मुद्दा चलाएको थियो ।
चालु आर्थिक वर्षमा १९ ट्याबलेट नाईट्रारोभेट तथा २ ग्राम २ सय ८० मिलिग्राम ब्राउन सुगर सहित ४ वटा मुद्दामा ६ जनालाई पक्राउ गरि मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?