बहुमूल्य पुरातात्त्विक बुद्धको मुर्तीसहित प्रहरी पक्राउ गरेकाहरु । तस्विर: दीपक शर्मा /सेतोखरी
बर्दिया ३ भदौ : बहुमूल्य धातुको मुर्तीसहित जिल्ला प्रहरी कार्यालय बर्दियाले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
बहुमूल्य धातुबाट निर्मित भगवान गौतम बुद्धको मुर्ती किनबेच भइरहेको सूचना पाएको बर्दिया प्रहरीले गुलरिया नगरपालिका स्थित विजया गेष्ट हाउसबाट उक्त बहुमूल्य मूर्ती एक थान सहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
विजया गेष्ट हाउसको कोठा नम्बर ३०८ बाट बरामद गरिएको उक्त बुद्धको मुर्ती सात किलो सात सय २ ग्राम तौल रहेको छ । भने उक्त बुद्धको मुर्तीको उचाई ९.५ ईन्च रहेको छ ।
मुर्तीसहित पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर–७ का ४० वर्षिय निराजन उपे्रति, मधुवननगरपालिका वडा नम्बर–१ का ३४ वर्षिय उज्वल रोकाय, सोहि स्थानका ३४ वर्षिय अमृत राई, ठाकुरबाबा नगरपालिका वडा नम्बर– ९ का ३२ वर्षिय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट जिल्ला बारेकोट गाँउपालिका वडा नम्बर–२ का २९ वर्षिय मगबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार बरामद गरिएको बुद्धको मुर्ती सुन जस्तो पहेँलो धातुबाट निर्मित धेरै वर्ष पुरानो रहेको बुझिएकोछ ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार पुरातात्त्विक बहुमूल्य उक्त मुर्ती कसले कहाँबाट ल्याइएको हो ? कहाँ विक्री गरिदैँ थियो ? भन्ने लगायतका विषयमा अनुसन्धान भइरहेको छ । उनका अनुसार प्रहरीले बरामद गरेको उक्त मुर्तीको बजार मूल्य करोडौं रुपैयाँ रहेकोछ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?