बर्दिया १३ भदौ : बर्दियाको राजापुरमा लागुऔषधको कारोबारमा प्रहरीले एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय राजापुरको टोलीले बिर्यानी एण्ड कफिसपमा छापा हान्दै राजापुर नगरपालिका वडा नम्बर–४ का ३१ वर्षिय अलिम अन्सारीलाई ठूलो मात्रामा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीले उक्त बिर्यानी एण्ड कफीसपबाट लागुऔषध बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले निगरानी समेत बढाएको थियो ।
प्रहरीले अन्सारीले सञ्चालन गर्दै आइरहेको बिर्यानी एण्ड कफिसपमा छापा मार्दा नाइट्रोभेट १० टयाबलेट, स्पासमो टयावलेट २ सय ६४ र अलपराजोपाम ४ सय २० टयाबलेट लागुऔषध बरामद समेत गरेकोछ ।
बरामद गरिएको लागुऔषध तथा अन्सारीलाई प्रहरी हिरासतमा राखि घटनाको थप अनुसन्धान भइरहेको छ । ईलाका प्रहरी कार्यालय राजापुरका अनुसार अनुसन्धानबाट थप कुरा खुल्ने अपेक्षा गरिएकोछ ।
पछिल्लोपटक बर्दियामा लागुऔषधको कारोबार, विक्रीवितरण, ओसारपसार र यसको प्रयोगकर्तामा बृद्धि भइरहेकोले प्रहरीले जिल्लामा लागुऔषध निश्तेज पार्न सशसक्तरुपमा अघि बढिरहेकोछ ।
प्रहरीले कोरोना महामारी र निषेधाज्ञाकाबीच यति ठुलो मात्रामा लागुऔषध बरामद गरेपछि यतिबेला बाँकेसंगै भारतीय सीमानाकासंग जोडिएको बर्दियामा पनि लागुऔषध कारोबार मौलाउदै गएको प्रहरीको भनाइछ ।
पैंतालिस पानमा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्णपाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?