बर्दिया २३ भदौ : अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा बर्दियामा प्रदर्शन भएको छ । बर्दियाका नागरिक समाजको अगुवाईमा बढैयाताल गाउँपालिकामा एमसिसी विरुद्ध बुधबार मौन प्रदर्शन गरिएको हो ।
एमसिसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने तयारी रहेका बेला देशभर प्रदर्शन भएको छ ।
नागरिक समाज सञ्जाल बढैयातालका संयोजक बालकृष्ण लामिछानेले एमसीसी नेपालको लागी आवश्यक नभएको भन्दै राष्ट्र र राष्ट्रियताका विषयमा आफ्नो ज्यानको बाजी राखेर संधै अगाडि बढिरहने बताए । उनले भने –‘एमसिसी नेपालको हितका लागी नभएको र यो विषयमा सरकार गम्भीर बन्नुपर्छ ।’
नागरिक समाजले आयोजना गरेको र्यालीमा व्यापारी, विद्यार्थी, राजनीतिक दलका नेता लगायतको सहभागिता थियो ।
यसैबीच, एमसीसी बिरुद्ध बर्दियाको मधुवन नगरपालिका, गुलरिया लगायतका स्थानमा पनि नेकपा विप्लप सुमह लगायतले प्रर्दशन गरेका छन् ।
सरकारले विदेशी दातृ निकायको विरोध नगर्न चेतावनी दिए पनि दिनहुँ जसो एमसिसीविरुद्ध प्रदर्शन हुँदै आएको छ । बुधबार नै एसमिसीको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ ।
अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरि परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । तर, सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भइरहेको छ ।
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव