बर्दिया २ असोज : बँदेल मार्न थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बँदेल मार्न राखेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिए ।
बर्दिया प्रहरी प्रमुख कार्कीका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर–३, गोदानामा बँदेललाई थापेको पासोमा परेर ३५ वर्षिय बालकृष्ण थारु, उनकी श्रीमती ३० वर्षिया सुनिता थारु र भाउजु ४५ वर्षिया बेलमती थारुको मृत्यु भएको हो ।
गएराती दस बजेतिर धान खेतमा पुगेका उनीहरु जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेका थिए । जंगली जनावरबाट धानलाई बचाउन धानखेत वरिपरि करेन्टको पासो लगाइएको थियो । बर्दिया प्रहरी प्रमुख कार्कीले पासो थापेको आरोपमा राजबहादुर शाहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए ।
शव पोष्टमार्टमका लागि बर्दिया जिल्ला अस्पतालमा राखिएकोछ । मृतकका परिवार आउन ढिलो भएकाले शव पोष्टमार्टम ढिलो हुने बुझिएकोछ ।
पछिल्ला केही दिनदेखि गोदाना आसपासमा बँदेल र हात्तीले धानखेतमा क्षति पु¥याइरहेका थिए ।
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था