बँदेल मार्न थापेको पासोमा परि एकैघरका ३ जनाको मृत्यु, पासो थापेको आरोपमा एकजना पक्राउ


बँदेल मार्न थापेको पासोमा परि एकैघरका ३ जनाको मृत्यु, पासो थापेको आरोपमा एकजना पक्राउ

बर्दिया २ असोज : बँदेल मार्न थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बँदेल मार्न राखेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिए ।

बर्दिया प्रहरी प्रमुख कार्कीका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर–३, गोदानामा बँदेललाई थापेको पासोमा परेर ३५ वर्षिय बालकृष्ण थारु, उनकी श्रीमती ३० वर्षिया सुनिता थारु र भाउजु ४५ वर्षिया बेलमती थारुको मृत्यु भएको हो ।

गएराती दस बजेतिर धान खेतमा पुगेका उनीहरु जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेका थिए । जंगली जनावरबाट धानलाई बचाउन धानखेत वरिपरि करेन्टको पासो लगाइएको थियो । बर्दिया प्रहरी प्रमुख कार्कीले पासो थापेको आरोपमा राजबहादुर शाहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

शव पोष्टमार्टमका लागि बर्दिया जिल्ला अस्पतालमा राखिएकोछ । मृतकका परिवार आउन ढिलो भएकाले शव पोष्टमार्टम ढिलो हुने बुझिएकोछ ।

पछिल्ला केही दिनदेखि गोदाना आसपासमा बँदेल र हात्तीले धानखेतमा क्षति पु¥याइरहेका थिए ।