फोर्टनाइट बम्पर विजेतालाई मोटरसाईकल हस्तान्तरण


फोर्टनाइट बम्पर विजेतालाई मोटरसाईकल हस्तान्तरण

नेपालगन्ज १५ असोज : फोर्टनाइट बम्पर विजेता बर्दियाका अमृत चौधरीलाई सुजुकी इन्ट्रयुडर मोटरसाइकल प्रदान गरिएकोछ । मधुवन नगरपालिका–६ का चौधरीले फोर्टनाइट बम्परको रुपमा सुजुकी इन्ट्रयुडर मोटरसाइकल जितेका थिए ।

नेपालगन्जस्थित नेपाल ट्रेड च्यानलबाट सुजुकी जिक्सर १५० डीडी मोटरसाइकल किनेका चौधरीले मोटरसाइकलको मूल्यभन्दा बढी बम्पर उपहार पाएका हुन् । उनले जिक्सर डीडी मोटरसाइकल २ लाख ८३ हजार ९ सय रुपैयाँमा क्दिा सुजुकी इन्ट्रयुडर जितेका थिए । जसको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेकोछ ।

नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको उक्त बम्परमा चौधरीले सो मोटरसाइकल जितेको नेपाल ट्रेड च्यानलका सञ्चालक पुरुषोत्तम नेपालले बताए ।

भीजी अटोमोबाइल्सले हाल चाडपर्वको अवसरमा ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ । सोही योजना अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइनुका साथै १ वर्षसम्म सडक दस्तुर छुट, फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने योजना रहेको नेपालले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

फोर्टनाइट बम्परको विजेता हरेक महिनाको दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभमार्फत छनोट गरिदै आएकोछ । यसरी सुजुकी इन्ट्रयुडर मोटरसाइकल प्राप्त गर्ने चौधरी पहिलो ग्राहक हुन् । आगामी दिनमा अन्य ग्राहकले समेत यो मोटरसाइकल प्राप्त गर्न सक्ने भन्दै मौकाको फाइदा उठाउन नेपालले आग्रह गरे ।