बजाज एक्सचेन्ज महामेला : २ दिनमै २५ जनाले बजाजका मोटरसाईकल लगे


बजाज एक्सचेन्ज महामेला : २ दिनमै २५ जनाले बजाजका मोटरसाईकल लगे

नेपालगन्ज २० असोज : देशमै वर्चश्व कायम गरेको दुई पाङ्ग्रे सवारी साधन बजाज मोटरसाईकलले ग्राहक लक्षित ‘बजाज एक्सचेन्ज महामेला’मा ग्राहकको उल्लासपूर्ण सहभागिता पाइएकोछ ।

बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता पानस मोटर्स प्रालि मङ्गलबारदेखि आयोजना गरेको बजाज एक्सचेन्ज महामेलाको दोस्रो दिन बुधबारसम्म २५ जनाले मोटरसाईकल एक्सचेन्ज गरेकाछन् ।

पानस अटो मोटर्स प्रालिका सञ्चालक ज्ञानेन्द्र खनालका अनुसार मङ्गलबार र बुधबारगरि दुई दिनमै २५ जना ग्राहकले पुरानो मोटरसाईकल दिइ नयाँ बजाजका मोटरसाईकल लिएर गएकाछन् ।

नेपालगन्जको वाटरपार्क नजिक भइरहेको साताव्यापी महामेलामा दिनहुँ ग्राहकको उल्लेख्यमात्रामा भीड लागिरहेकोछ । यति मात्र होइन बजाजको ग्राहक लक्षित योजनाको फाइदा लिदै नयाँ मोटरसाइकल किन्नेहरुपनि बढेको पानसका सञ्चालक खनालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

दशैं तथा तिहारको अवसरमा बजाजका उत्पादनहरुको बिक्रि वितरण र एक्सचेन्ज गर्ने उद्देश्यले महामेला आयोजना गरिएको भन्दै पानसका सञ्चालक खनालले यो योजना आगामी असोज २५ गतेसम्म लागु हुने बताए ।

उनले ग्राहकलाई विभिन्न अफर र छुट सुविधासहित साताव्यापी रुपमा मेला सञ्चालन गरिएकोछ । खनालले भने बजाजका साथै अन्य कम्पनीका प्रोडक्ट यामाहा, होण्डा र हिरो लगायतका मोटरसाइकलको भ्यालुलेसनसहित अतिरिक्त १० हजार रुपैयाँ थपेर नयाँ मोटरसाइकल प्रदान गरिरहेका छौं ।

यसैगरी, मेला अवधिभर ग्राहकहरुको लागि ५ हजार मूल्य प्याकेट बराबरको लेगाड, हेलमेट, झोला र बाइकको कभरको किड निःशुल्क उपलब्ध गराइएकोछ । यस्तै शून्य प्रतिशत ब्याज र महामेला स्थलमै फाइनान्स लगायतका नयाँ स्किम समेत पानसले प्रदान गरिरहेकोछ ।

कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी विशेष सुरक्षा अपनाइ महामेलामा ग्राहकको उल्लेख्य उपस्थितीले बजाज कम्पनीको मोटरसाईकलप्रतिको विश्वसनीयता, सन्तुष्टिकै कारण ग्राहकलाई छिटो छरितो सेवा दिने प्रबन्ध मिलाएका पानसले जनाएकोछ ।

महामेलामा दिनहुँ विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन भइरहेकोछ । दशैं–तिहार लक्षित ‘थ्री डोज’ नामक अफर समेत ल्याइएको छ ।

‘बजाज खुसीको थ्री डोज’ नाम दिइएको उक्त अफरका तीन चरण रहेका छन् । उनले मेलामा सहभागी ग्राहकहरुलाई किन्नु अघि १० हजार मूल्य बराबरको अफरमा सहभागी गराइनेछ । सोही योजना अन्तर्गत कुनै पनि ग्राहकले सवारी किन्दाखेरी १ लाखको अफरमा सहभागी हुन पाउनेछन् । सोही अफर अनुसार अन्तिम तथा बम्पर किनेपछि १० लाखको अफरमा सहभागी गराइनेछ ।

अफर प्राप्त गरेकालाई मेलामै पुरस्कृत गरिने तयारी रहेकोछ । महामेला अवधीभर चार सय वटा बजाजका मोटरसाईकलको कारोबार गर्ने लक्ष्य रहेको सञ्चालक खनालले जानकारी दिए ।

यसैबीच महामेलामा राखिएको बम्पर उपहारमा बुधबार बाँकेको खजुरा गाउँपालिका मोहम्मद आरिफ खाँले ५७ हजार रुपैयाँ नगद जितेकाछन् ।