बीमाबापत पुतलीलाई २ लाख प्रदान


बीमाबापत पुतलीलाई २ लाख प्रदान

नेपालगन्ज ७ कार्तिक : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर– १, जमुनी डाँफे, निवासी अर्जुनबहादुर दर्जीकी श्रीमती पुतलीलाई बीमा रकम प्रदान गरिएकोछ ।

ज्योति लाईफ ईन्सुरेन्सले पुतीलीकी श्रीमान अर्जुनको मृत्युपश्चात हुन आउने मृत्युदाबी २ लाख ३६ हजार ६६ रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । मृत्यु भएका दर्जीले गत वर्ष २ लाखको २० बर्षे ज्योति सुरक्षित बचत जीवन बीमा योजनामा बीमा गरि प्रथम बीमाशुल्क बापत १२ हजार ३९० बुझाएका थिए ।

बीमा गरेको ४ महिनापछि अजुर्नको रोजगारीको शिलशिलामा भारतको गुजरातमा कोरोनाका कारण मृत्यु भएको थियो । ज्योति लाईफ ईन्सुरेन्सले एक कार्यक्रम गरि बढैयाताल वडा–१ का वडाअध्यक्ष शेरबहादुर थापाको रोहबरमा बीमाबापत उक्त मृत्युदावि रकम भुक्तानी गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्सका एरिया सेल्स म्यानेजर मोहन कुमार माझीले स्वर्गीय दर्जीको श्रीमती पुतली दर्जीलाई मृत्युदावि रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर चेत नारायण पौडेल र प्रतिमा ओली लगायत बढैयाताल– १ का स्थानीयको सहभागिता रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

ज्योति लाईफ इन्स्योरेन्सले उत्कृष्ट बीमा योजनाहरुबाट सेवा दिदैँ नेपालमा सर्बाधिक ३५ घातक रोग विरुद्ध उपचार खर्च दिने गरेको ज्योति लाईफ ईन्स्योरेन्स नेपालगन्ज शाखाका सेल्स एक्जिक्युटिब बिशाल गहतराजले जानकारी दिए ।