नेपालगन्ज ७ कार्तिक : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर– १, जमुनी डाँफे, निवासी अर्जुनबहादुर दर्जीकी श्रीमती पुतलीलाई बीमा रकम प्रदान गरिएकोछ ।
ज्योति लाईफ ईन्सुरेन्सले पुतीलीकी श्रीमान अर्जुनको मृत्युपश्चात हुन आउने मृत्युदाबी २ लाख ३६ हजार ६६ रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । मृत्यु भएका दर्जीले गत वर्ष २ लाखको २० बर्षे ज्योति सुरक्षित बचत जीवन बीमा योजनामा बीमा गरि प्रथम बीमाशुल्क बापत १२ हजार ३९० बुझाएका थिए ।
बीमा गरेको ४ महिनापछि अजुर्नको रोजगारीको शिलशिलामा भारतको गुजरातमा कोरोनाका कारण मृत्यु भएको थियो । ज्योति लाईफ ईन्सुरेन्सले एक कार्यक्रम गरि बढैयाताल वडा–१ का वडाअध्यक्ष शेरबहादुर थापाको रोहबरमा बीमाबापत उक्त मृत्युदावि रकम भुक्तानी गरेको हो ।
ज्योति लाईफ इन्स्योरेन्सका एरिया सेल्स म्यानेजर मोहन कुमार माझीले स्वर्गीय दर्जीको श्रीमती पुतली दर्जीलाई मृत्युदावि रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर चेत नारायण पौडेल र प्रतिमा ओली लगायत बढैयाताल– १ का स्थानीयको सहभागिता रहेको थियो ।
ज्योति लाईफ इन्स्योरेन्सले उत्कृष्ट बीमा योजनाहरुबाट सेवा दिदैँ नेपालमा सर्बाधिक ३५ घातक रोग विरुद्ध उपचार खर्च दिने गरेको ज्योति लाईफ ईन्स्योरेन्स नेपालगन्ज शाखाका सेल्स एक्जिक्युटिब बिशाल गहतराजले जानकारी दिए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू