गोदरेजको ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ योजना


गोदरेजको ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ योजना

नेपालगन्ज १५ कार्तिक : इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’ नामक योजना बजारमा ल्याएकोछ ।

यो योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा ग्राहकले आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्न सक्नेछन् ।

कम्पनीका अनुसार गोदरेजका प्रत्येक सामानमा ३१ प्रतिशतसम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसका साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

उक्त योजनाअन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजीरेटर खरिदमा ३३ हजार रुपैयाँ सम्म, वाशिङ मेसिनको खरिदमा १५ हजार ३ सय रुपैयाँ सम्म, माइक्रो वेभ ओवन खरिदमा ७ हजार ५ सय रुपैयाँ, एअर कुलरको खरिदमा ५ हजार २ सय रुपैयाँ र एसिमा ४ हजार रुपैयाँ सम्मको निःशुल्क एसि जडान प्राप्त गर्न सकिनेछ । साथसाथै गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै निःशुल्क होम डेलीभरी पनि प्रदान गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एसएमएस गर्नुपर्ने हुन्छ । कम्पनीले यो योजना यही भदौ ३० गतेदेखि सिमित अवधिका लागि लागू गरिएको जनाएकोछ । गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजीइओएल रहेको छ ।