बर्दिया मानव बेचविखनको उच्च जोखिममा 


बर्दिया मानव बेचविखनको उच्च जोखिममा 

गुलरिया (बर्दिया) २ मंसिर : बर्दिया मानव बेचविखनको दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ ।

शान्ति पुनस्र्थापना गृह बर्दिया शाखाले बिहीबार बर्दियाको गुलरियामा आयोजित पत्रकारबीच छलफलमा यस्तो बताएको हो ।

गृहका जिल्ला संयोजक सपना शर्माले मानव बेचविखनको दृष्टिले बर्दिया उच्च जोखिममा रहेको बताइन् । उनले नेपाल–भारत सीमा क्षेत्रका ३ वटा स्थानमा विट राखि मानव बेचविखनविरुद्ध काम गरिरहेको बताईन् ।

सीमा क्षेत्रमा नेपालबाट विभिन्न बहाना बनाएर भारत जाने र उनीहरु बेचबिखनमा पर्ने गरेको समेत उनले जानकारी गराइन् । उनले भनिन्–‘कुनै नाता वा केहि सम्बन्ध बनाएर भारत जाँदा मानव बेचविखन नियन्त्रण र न्यूनिकरणमा जटिलता थपिदै गएकोछ ।’

Kids Festival 2022
kanti aarogya hospital

शर्माले भनिन्–‘मानव बेचविखनको शैलीमा समेत परिर्वतन आएको छ । यसबाट बच्न अभिभावकसहित सरोकारवालाले विशेष ध्यायन दिनुपर्छ ।’

बर्दिया जिल्लामा मानव वेचविखनको अवस्था न्यूनिकरणमा देखिएको चुनौतीका विषयमा पत्रकारको भूमिका विषयक छलफलमा बर्दियाका क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियो । उनीहरुले मानव वेचविखन तथा लैङ्घिक हिंसाका घटनालाई गम्भिरता पुर्वक लिदैँ सधै पीडितको पक्षमा कलम चलाइरहेको बताए ।

गृहले बर्दियामा मानव बेचविखनमा परेका पीडित महिलाका लागी ४ वटा बेड सहितको सुरक्षित आवास गृह सञ्चालनमा ल्याएको जनाएकोछ । भारतसंग खुला सीमा, बढ्दो सामाजिक सञ्जालको प्रयोग, विभिन्न प्रलोभनमा परि महिला तथा किशोरीहरुको बेचविखनको घटना समेत बढेको गृहले जनाएकोछ ।