गुलरिया (बर्दिया) ७ पुष : बर्दियामा पाँच दिनदेखि बेपत्ता रहेकी ६ वर्षिया बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बारबर्दिया नगरपालिका ८ दुदधा आफ्नो फुपुको घरमा बस्दै आइरहेकी ६ बर्षिया देविका खनाल घर नजिकैको नहरको साइफन भित्र मृत अवस्थामा फेला पारिएको हो ।
स्थानीयबासीहरुका अनुसार गएको शनिबार बेलुकादेखि हराइरहेकी बालिकाको खोजतलास गर्दा कही फेला पर्न सकिरहेकी थिइनन् । खोजतलासकै क्रममा घर नजिकै रहेको बबई सिचाई आयोजनाको नहरको छेउमा चप्पल भेटिएपछि डुबेको हुन सक्ने आंशका गरिएको थियो ।
शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले गोताखोरको प्रयोगबाट पनि फेला नपारेपछि बाँकेकोे शमशेरगञ्जबाट आएको गोताखोर टोलीले बुधबार दिउँसो सोही नहरमा बालुवा मुनि फेला पारेको हो । बुधबार बिहानैदेखि खोजतलास जारी राखेको टोलीले दिउँसो बालिकाको शव पानी मुनी बालुवाले पुरेको अवस्थामा शसस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो ।
शसस्त्र प्रहरीको गोताखोर टोली किरण भण्डारी र मोहन विष्टले ५ दिनदेखि हराइरहेकी बालिकाको शव फेला पारेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
विष्णु खनाल र पदमा खनालकी छोरी देविका खनाल केहि समयदेखि आफ्नो फुपुको घरमा बस्दै आएकी थिइन् । घर नजिकै नहरमा खसेकी बालिका करिब पाँच सय मिटर टाढा सोहि नहरको साइफन भित्र शव भेटिएको स्थानीयबासी धनबहादुर खडकाले बताए ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति