नेपालगन्जमा एलजीको रोड शो, उपभोक्तालाई लुगा धुनेदेखि सुकाउनेबारे जानकारी


नेपालगन्जमा एलजीको रोड शो, उपभोक्तालाई लुगा धुनेदेखि सुकाउनेबारे जानकारी

नेपालगन्ज ४ माघ : नेपालगन्जमा एलजीको रोड शो सम्पन्न भएकोछ । रोड शोमा एलजी काइनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ । यस रोडशोको मूख्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगरबाट मङ्गलबार नेपालगन्ज आइपुगेको हो ।

नेपालगन्जको न्यूरोडमा रोड शो गरेको एलजीले भोली(बुधबार) कोहलपुरमा पनि रोड शो गर्नेछ । ६ जनाको टिमसहित आएको उक्त टोली सुर्खेत लगायत पश्चिम क्षेत्रका सहरबाट नारायणघाट हुदँै काँकडभिट्टासम्म पुगेर सम्पन्न हुनेछ ।

रोड शोका क्रममा उपभोक्तालाई एलजीको एआइडीटी प्रविधीको वासिङ मेसिन डेमो गरिरहेकोछ । उपभोक्तालाई उक्त अत्याधुनिक प्रविधीको वासिङ मेसिनमा लुगा कसरी धुने, कसरी सुकाउने लगायतका जानकारी गराइएकोछ ।

जसमा एलजीको ९÷६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि बताउने गरिएको एलजीका प्रतिनिधी सुरेश आचार्यले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ एलजी प्रतिनिधी आचार्यले सेतोखरीलाई बताए ।

कम्पनीले विन्टर अफर समेत राखेको छ । यो अफर अन्र्तगत कुनैपनि वासिङ मेसिन खरिद गरेमा उपभोक्तालाई १६ प्रतिशत खुद मूल्यमा छुट दिइनुका साथै एक हप्ता भित्र एक हजार क्यास ब्याक दिने गरिएको एलजीका अर्का प्रतिनिधी कुमार घिमिरेले जानकारी दिए ।

टर्वोवास फिचर रहेको एलजीको एआइडिटी प्रविधिको यो वासिङ मेसिनले स्वस्फुर्त लुगालाई स्कानिङ्ग गरि ३९ मिनेटमै धुन्छ । यतिमात्र होइन लुगा धुनुका साथै वाफिय प्रणालीबाट लुगा सुकाउने हुँदा किटाणु र भाइरस मार्ने भएकाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला यो वासिङ मेशिन झन उपयोगी रहेको कम्पनीको दावि छ ।

आर्कषक डिजाईन, वाइफाईमार्फत कन्ट्रोल, पानी र विधुतको कम खपत गर्नुका साथै पहिले पाइएका समस्या समाधान समेत गरि बजारमा ल्याइएको यो वासिङ मेसिन ७ केजी देखि २१ केजीसम्मको पाइन्छ । वाइफाईबाट कन्ट्रोल गर्न थिन्क आइओटी एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

१० वर्षसम्म मोटरमा वारेन्टि रहेको एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने कम्पनीको दाबी छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स रहेको छ ।