गुलरिया (बर्दिया) ६ माघ : बृद्ध भत्ता बुझन लाइनमा लागीरहेको बेला बर्दियामा एक जनाको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–१ निवासी ७८ वर्षिय बिरमी दमाइको मृत्यु भएको हो ।
जेष्ठ नागरिकको भत्ता बुझ्न लाइनमा लागी रहेका बेला बिरमी एक्कासी बेहोस भइन् । बेहोस भएकी दमाइलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको थियो ।
आफ्ना श्रीमान दुर्गे दमाइको साथमा जेष्ठ नागरिकको भत्ता बुझन गुलरिया स्थित सांग्रीला बैंकमा गएकी बिरमी लाइन लागी रहेको स्थानमा बेहोस भएर ढलेकी थिइन् ।
उपचारका लागि अस्पताल लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष प्रतापकुमार गौतमले जानकारी दिए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे