श्रीमानसंगै बृद्धाभत्ता बुझ्न बैंकको लाइनमा बसेकी बिरमीको मृत्यु


श्रीमानसंगै बृद्धाभत्ता बुझ्न बैंकको लाइनमा बसेकी बिरमीको मृत्यु

गुलरिया (बर्दिया) ६ माघ : बृद्ध भत्ता बुझन लाइनमा लागीरहेको बेला बर्दियामा एक जनाको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–१ निवासी ७८ वर्षिय बिरमी दमाइको मृत्यु भएको हो ।

जेष्ठ नागरिकको भत्ता बुझ्न लाइनमा लागी रहेका बेला बिरमी एक्कासी बेहोस भइन् । बेहोस भएकी दमाइलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको थियो ।

आफ्ना श्रीमान दुर्गे दमाइको साथमा जेष्ठ नागरिकको भत्ता बुझन गुलरिया स्थित सांग्रीला बैंकमा गएकी बिरमी लाइन लागी रहेको स्थानमा बेहोस भएर ढलेकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

उपचारका लागि अस्पताल लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष प्रतापकुमार गौतमले जानकारी दिए ।