टिप्पर ठक्करबाट २ जनाको मृत्यु भएपछि आक्रोसित बनेका आफन्त र स्थानीयले बन्द गरेको नेपालगन्ज–गुलरिया हुलाकी सडक । तस्विर : दीपक शर्मा /सेतोखरी
गुलरिया (बर्दिया) १८ माघ : बर्दियाको बढैयाताल गाउँपालिकामा टिप्परले कुल्चिदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएकाछन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–३ स्थित सतपतियामा आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेकाहरुमाथि टिप्परले ठक्कर दिएको थियो ।
तिव्र गतिमा कुदेको टिप्पर अनियन्त्रित भई आँगनमा आगो तापेर बसिरहेका ४५ वर्षिय सोमबहादुर विकको घटना स्थलमै र वर्ष ४५ का रामु थारुको उपचारका क्रममा मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट सोही स्थानकी ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र टिप्परका सहचालक सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर–११ का १९ वर्षिय लक्ष्मण सुनार गम्भीर घाइते भएका छन् । घाईत सबैजनाको नेपालगन्ज स्थित नर्सिङ्ग होममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
टिप्पर चालक सुर्खेत विरेन्द्र नगरपालिका वडा नम्बर–११ निवासी ३३ वर्षिय दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गम्भीर घाइते भएकी चमेलीया थारु सोहि दुर्घटनामा मृत्यु भएका रामु चौधरीकी श्रीमती भएको बताइएको छ ।

सोमबार राती ८ बजेतिर नेपालगन्ज–गुलरिया हुलाकी सडक खण्डदेखि उत्तरतर्फ रहेको भोलागौडी जमुनी सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बर्दियाको मैनापोखर बजार र भोलागौडी बजारमा उचित क्षतिपुर्ति तथा चालकलाई कारबाहीको माग गर्दै नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग बन्द गरेकाछन् । आफन्तले शव बुझेका छैनन् ।
प्रहरीले अबरुद्ध भएको सडक खोल्ने प्रयास गरेपनि सडकको अबरोध हटाउन सकेको छैन । प्रहरीका अनुसार टिप्पर मालिक सुर्खेतका हुन् । उनी आएपछि मृतक परिवारले राखेको माग र कारबाहीका प्रक्रिया अगाडी बढाउने बताइएकोछ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे