७ क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
नेपालगन्ज १९ माघ : सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७/७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो । सात कम्पनीले ८७ करोड १५ लाख १५ हजार बक्यौता तिरेका छैनन् ।
यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी छन् ।
पर्यटन विभागले आज सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागका अनुसार बक्यौता नबुझाउने क्यासिनो इजाजतपत्र लिएको कम्पनी होटेल याक एण्ड यति प्रालिले २० करोड ६८ लाख १५ हजार र ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटेल) ले १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले २१ करोड ५५ लाख, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ । -रासस
नेपालगन्जका क्यासिनोमा नेपालीको ओइरो, चुपचाप बाँके प्रहरी
बाँके सिडिओले खोल्न दिएको क्यासिनोमाथि एसपीले रोक लगाए
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति