लता र नेपाली संगीतको सम्बन्ध


लता र नेपाली संगीतको सम्बन्ध

आकाशका तिरमीरे तारा म गन्न सक्दिँन
मनको कुरो मुखमा ल्याई म भन्न सक्दिँन ......

मविवि शाहको शव्दमा भारतीय गायीका लता मंगेशकरले गाएको यो नेपाली गीत आज पनि उत्तिकै रुचाइँदै आइएको छ । यो गीतमा मनको कुरा व्यक्त गर्न त्यति सजिलो छैन है भन्ने सन्देश पनि दिएको छ । तर, आज मनको कुरा भन्नै पर्ने हुन्छ अब लता यो संसारमा रहनु भएन । त केवल लताका कोकिल स्वरमा गुञ्जिएका गीत मात्र...

एउटा व्यक्ति सफल बन्नको लागी मेहनत लगनशील र इमान्दारीता आवश्यक पर्दछ । सफलताको शीखरमा पुगेपछि आफ्नो धरातल बिर्सने व्यक्तिले समाज र राष्ट्रको लागी केहि पनि योगदान दिएको हुँदैन तर, विश्वमानव चित्रमा त्यस्ता व्यक्ति पनि हुन्छन् जसले आफनो प्रतिभा क्षमताले विश्वको ध्यान आफुतिर खिचिरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरु हातको औंलामा गन्न सकिने अवस्था छ । आफ्नो क्षमता तथा प्रतिभाले विश्वमा आफ्नो र आफ्नो देशको पहिचान दिन सफल संगीत क्षेत्रका अगुवा, स्वर साम्राज्ञी धनी लता मंगेशकरको निधनले यतिखेर छिमेकी देश भारत मात्र होइन नेपालसहित विश्व नै दुःखी छ ।

सन् १९२९ मा २८ सेप्टेम्बरका दिन भारतको इन्दौरमा जेठी छोरीको रुपमा लताको जन्म भएको थियो । उनका बुवा पनि आफ्नो जमानाका चर्चित कलाकार थिए । लताका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । सानै उमेरमा गीतसंगीतमा रुची राख्ने ललिताले सन् १९९१ मा संसारभर सबैभन्दा बढी गीत रेकर्ड गराउन सफल भएको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

लताले गजल, भजन, कव्वाली, शास्त्रीय संगीत देखि लिएर ३६ भाषमा ३० हजार बढी गीत रेकर्ड गराएकीछन् । उनको स्वरमा यस्तो जादू छ, जसले सबैलाई मंत्रमुग्ध बनाउन सक्छ । हिन्दी सिनेमा क्षेत्रमा मधुवालादेखि रानी, काजल, माधुरी लगायतका कलाकारका लागी उनले गीत गाएकी छन् । पुरानादेखि नयाँ कलाकारसम्मका लागी आवाज दिएकी लता विश्वका लागी उदाहरणीय पात्र मात्र होइन गीतसंगीत क्षेत्रमा श्रद्धाका साथ हेर्ने र बुझ्ने ब्यक्ति हुन् ।

सन् १९४२ मा पिताको निधन हुँदा १३ वर्षकी रहेकी लतालाई घरको जिम्मेवारी आइपर्यौ सोही वर्ष उनले किती हासील एक मराठी फिल्ममा गीत गाउँदै करियरको सुरुवात गरिन् । तर, विविध कारणकाविच सो गीतलाई फिल्मबाट हटाइएको थियो । अन्य केही फिल्मका गीत गाएपनि त्यसले चर्चा बटुल्न सकेन । केही हिन्दी तथा मराठी फिल्लमा पनि अभिनयको सुरुवात गरिन् । तर, त्यसले सफलता पाउन सेकन । त्यसबेला भारतमा महात्मा गान्धिले ‘भारत छोडो’ आन्दोलन चर्कारहेका थिए । लताले काम पाएकी थिइनन् । भारत छोडो आन्दोलन सफल भएपछि सन् १९४९ मा चार वटा फिल्म रिलिज भएका थिए । यी सबै फिल्ममा लताले स्वर दिएकी थिइन् ।

बरसात, दुलारी, अन्दाज र महल फिल्म रिलिज भएका थिए । ती मध्ये महल फिल्ममा गाएको गीत आएगा आजे वाला आएगा ले हिन्दी फिल्म इन्डष्ट्रिमा नयाँ उर्जा पैदा गर्न सफल भयो । यो गीत हिट भएपछि लताले कहिल्लै पछाडी फर्किएर हेर्नु परेन । लतालेपछि रोमान्टिक गीत समेत गाइन । चाहे त्यो दिलबाले दुल्हनीया लैजाएगेंमा होस् वा अरधाना, मुगल ए आजम, पाकिजा जस्ता हजाराँै फिल्ममा लताले आफनो स्वर मार्फत जादु चलाइन् ।
लताले सन् १९६२ मा भारत–चीनबीच युद्धमा शहीद भएका भारतीय सैनिकहरुको सम्मानमा गाएको गीत ‘ए मेरे वतनका लोगो’ नामक गीतले करोडौँ भारतीय नागरिकको आँखा रसाएका थिए । तत्कालिन अवस्थामा प्रधानमन्त्री रहका पण्डित जवाहरलाल नेहरुले समेत आफु रुन बाध्य भएको बताएका थिए ।

लताले यस धर्तीमा पाइला नटेकेको भए भारतीय संगीत क्षेत्र कस्तो हुन्थो होला कल्पना गर्न सकिँदैन । लता मंगेशकरको वास्तविक नाम हेमा थियो तर, उनलाई लताको नामबाट चिनिदैँ आइएको छ । लताले हिन्दी मात्र होइन नेपाली गीत पनी गाएकी छिन् । नेपाली शब्दमा आवाज दिएकी लतालाई नेपाली स्रोता तथा दर्शकले पनि उत्तिकै मन पराउदैँ आएका छन् । उनले गाएका प्राय सबै नेपाली गीत हिट छन् । अन्तिम पल्ट लताले रामकृष्ण ढकालसंग गाएको गीत निकै चर्चित छ ।

त्यो गीत यस्तो छ
फुल भन्छ फुलिरहुँ...
जुन भन्छ चम्किरहुँ....
मन त भन्छ सबैसँग माया मोह राखी रहुँ .... बाचुन्जेलीलाई

सायद पछिल्लो पटक र अन्तिम पटक नै भन्नुपर्दा लताले गाएको यो नेपाली गीत र यसको शब्दले लतालाई कालजयी बनाएकोछ । मानिस धर्तीमा पाइला टेकेपछि मृत्यु बरण गर्नुनै पर्दछ । त्यसैले यो गीतले पनि बाचुन्जेल सबैसंग माया मोह राखौं भन्ने सन्देश पनी दिएको छ ।

२०२२ जनवरी ८ तारिखमा कोरोना संक्रमित भएपछि मुम्वईको एक अस्पतालमा उपचार चलिरहेको थियो लताको । उपचारकै क्रममा फेब्रुअरी ६ तारिखकादिन ९२ वर्षको उमेरमा लता मंगेशकरको निधन भएको थियो । गीतसंगीत क्षेत्रकी ‘स्वरस्वती’ उपमाले परिचित संयोगबस सरस्वती पूजाकै दिन लताले यो धर्ती छोडिन सधैंका लागि ।

लताको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै भारत सरकारले २ दिने राष्ट्रिय शोक घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन भारतको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएकोछ ।

लताबाट धेरै सिक्न सकिन्छ । कुनै पनि काम गर्दा शुरुमा असफलता हात लागेपनि त्यसलाई निरन्तरा दिने सफलताको सिँढी चढ्दै जाँदा आफ्नो धरातल पनि नभुल्ने र काममा ईमानदारीताले नै मानिसलाई शिखरमा पुर्याँउदछ । अन्त्यमा विश्व गजतमा एउटा छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायिका लता मंगेशकरको निधन प्रति हार्दिक श्रद्धा सुमन । अलविदा लता दिदी .......

यो पनि पढ्नुहोस्

लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक