आकाशका तिरमीरे तारा म गन्न सक्दिँन
मनको कुरो मुखमा ल्याई म भन्न सक्दिँन ......
मविवि शाहको शव्दमा भारतीय गायीका लता मंगेशकरले गाएको यो नेपाली गीत आज पनि उत्तिकै रुचाइँदै आइएको छ । यो गीतमा मनको कुरा व्यक्त गर्न त्यति सजिलो छैन है भन्ने सन्देश पनि दिएको छ । तर, आज मनको कुरा भन्नै पर्ने हुन्छ अब लता यो संसारमा रहनु भएन । त केवल लताका कोकिल स्वरमा गुञ्जिएका गीत मात्र...
एउटा व्यक्ति सफल बन्नको लागी मेहनत लगनशील र इमान्दारीता आवश्यक पर्दछ । सफलताको शीखरमा पुगेपछि आफ्नो धरातल बिर्सने व्यक्तिले समाज र राष्ट्रको लागी केहि पनि योगदान दिएको हुँदैन तर, विश्वमानव चित्रमा त्यस्ता व्यक्ति पनि हुन्छन् जसले आफनो प्रतिभा क्षमताले विश्वको ध्यान आफुतिर खिचिरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरु हातको औंलामा गन्न सकिने अवस्था छ । आफ्नो क्षमता तथा प्रतिभाले विश्वमा आफ्नो र आफ्नो देशको पहिचान दिन सफल संगीत क्षेत्रका अगुवा, स्वर साम्राज्ञी धनी लता मंगेशकरको निधनले यतिखेर छिमेकी देश भारत मात्र होइन नेपालसहित विश्व नै दुःखी छ ।
सन् १९२९ मा २८ सेप्टेम्बरका दिन भारतको इन्दौरमा जेठी छोरीको रुपमा लताको जन्म भएको थियो । उनका बुवा पनि आफ्नो जमानाका चर्चित कलाकार थिए । लताका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । सानै उमेरमा गीतसंगीतमा रुची राख्ने ललिताले सन् १९९१ मा संसारभर सबैभन्दा बढी गीत रेकर्ड गराउन सफल भएको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड रहेको छ ।
लताले गजल, भजन, कव्वाली, शास्त्रीय संगीत देखि लिएर ३६ भाषमा ३० हजार बढी गीत रेकर्ड गराएकीछन् । उनको स्वरमा यस्तो जादू छ, जसले सबैलाई मंत्रमुग्ध बनाउन सक्छ । हिन्दी सिनेमा क्षेत्रमा मधुवालादेखि रानी, काजल, माधुरी लगायतका कलाकारका लागी उनले गीत गाएकी छन् । पुरानादेखि नयाँ कलाकारसम्मका लागी आवाज दिएकी लता विश्वका लागी उदाहरणीय पात्र मात्र होइन गीतसंगीत क्षेत्रमा श्रद्धाका साथ हेर्ने र बुझ्ने ब्यक्ति हुन् ।
सन् १९४२ मा पिताको निधन हुँदा १३ वर्षकी रहेकी लतालाई घरको जिम्मेवारी आइपर्यौ सोही वर्ष उनले किती हासील एक मराठी फिल्ममा गीत गाउँदै करियरको सुरुवात गरिन् । तर, विविध कारणकाविच सो गीतलाई फिल्मबाट हटाइएको थियो । अन्य केही फिल्मका गीत गाएपनि त्यसले चर्चा बटुल्न सकेन । केही हिन्दी तथा मराठी फिल्लमा पनि अभिनयको सुरुवात गरिन् । तर, त्यसले सफलता पाउन सेकन । त्यसबेला भारतमा महात्मा गान्धिले ‘भारत छोडो’ आन्दोलन चर्कारहेका थिए । लताले काम पाएकी थिइनन् । भारत छोडो आन्दोलन सफल भएपछि सन् १९४९ मा चार वटा फिल्म रिलिज भएका थिए । यी सबै फिल्ममा लताले स्वर दिएकी थिइन् ।
बरसात, दुलारी, अन्दाज र महल फिल्म रिलिज भएका थिए । ती मध्ये महल फिल्ममा गाएको गीत आएगा आजे वाला आएगा ले हिन्दी फिल्म इन्डष्ट्रिमा नयाँ उर्जा पैदा गर्न सफल भयो । यो गीत हिट भएपछि लताले कहिल्लै पछाडी फर्किएर हेर्नु परेन । लतालेपछि रोमान्टिक गीत समेत गाइन । चाहे त्यो दिलबाले दुल्हनीया लैजाएगेंमा होस् वा अरधाना, मुगल ए आजम, पाकिजा जस्ता हजाराँै फिल्ममा लताले आफनो स्वर मार्फत जादु चलाइन् ।
लताले सन् १९६२ मा भारत–चीनबीच युद्धमा शहीद भएका भारतीय सैनिकहरुको सम्मानमा गाएको गीत ‘ए मेरे वतनका लोगो’ नामक गीतले करोडौँ भारतीय नागरिकको आँखा रसाएका थिए । तत्कालिन अवस्थामा प्रधानमन्त्री रहका पण्डित जवाहरलाल नेहरुले समेत आफु रुन बाध्य भएको बताएका थिए ।
लताले यस धर्तीमा पाइला नटेकेको भए भारतीय संगीत क्षेत्र कस्तो हुन्थो होला कल्पना गर्न सकिँदैन । लता मंगेशकरको वास्तविक नाम हेमा थियो तर, उनलाई लताको नामबाट चिनिदैँ आइएको छ । लताले हिन्दी मात्र होइन नेपाली गीत पनी गाएकी छिन् । नेपाली शब्दमा आवाज दिएकी लतालाई नेपाली स्रोता तथा दर्शकले पनि उत्तिकै मन पराउदैँ आएका छन् । उनले गाएका प्राय सबै नेपाली गीत हिट छन् । अन्तिम पल्ट लताले रामकृष्ण ढकालसंग गाएको गीत निकै चर्चित छ ।
त्यो गीत यस्तो छ
फुल भन्छ फुलिरहुँ...
जुन भन्छ चम्किरहुँ....
मन त भन्छ सबैसँग माया मोह राखी रहुँ .... बाचुन्जेलीलाई
सायद पछिल्लो पटक र अन्तिम पटक नै भन्नुपर्दा लताले गाएको यो नेपाली गीत र यसको शब्दले लतालाई कालजयी बनाएकोछ । मानिस धर्तीमा पाइला टेकेपछि मृत्यु बरण गर्नुनै पर्दछ । त्यसैले यो गीतले पनि बाचुन्जेल सबैसंग माया मोह राखौं भन्ने सन्देश पनी दिएको छ ।
२०२२ जनवरी ८ तारिखमा कोरोना संक्रमित भएपछि मुम्वईको एक अस्पतालमा उपचार चलिरहेको थियो लताको । उपचारकै क्रममा फेब्रुअरी ६ तारिखकादिन ९२ वर्षको उमेरमा लता मंगेशकरको निधन भएको थियो । गीतसंगीत क्षेत्रकी ‘स्वरस्वती’ उपमाले परिचित संयोगबस सरस्वती पूजाकै दिन लताले यो धर्ती छोडिन सधैंका लागि ।
लताको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै भारत सरकारले २ दिने राष्ट्रिय शोक घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन भारतको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएकोछ ।
लताबाट धेरै सिक्न सकिन्छ । कुनै पनि काम गर्दा शुरुमा असफलता हात लागेपनि त्यसलाई निरन्तरा दिने सफलताको सिँढी चढ्दै जाँदा आफ्नो धरातल पनि नभुल्ने र काममा ईमानदारीताले नै मानिसलाई शिखरमा पुर्याँउदछ । अन्त्यमा विश्व गजतमा एउटा छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायिका लता मंगेशकरको निधन प्रति हार्दिक श्रद्धा सुमन । अलविदा लता दिदी .......
यो पनि पढ्नुहोस्
लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे