बर्दिया २५ माघ : बर्दियाको जयनगर बजारमा आईतबार बेलुकी अटोको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तलाई बारबर्दिया नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु ‘कविर’ले मृतकका परिवार तथा स्थानीयबासीहरुसंगको छलफलमा यस्तो बताएका हुन् ।
मृतकका परिवारलाई नगरपालिकाको कार्यपालिकाको बैठकबाट क्षतिपुर्ति दिने भन्दै नगरप्रमुख थारुले आश्वासन दिएका हुन् ।
मृतक तथा स्थानीयबासीहरुले प्रहरी कार्यालयमा क्षतिपुर्तिको बारेमा छलफल गरिरहेका बेला नगर उपप्रमुखले हस्तक्षेप गरेको भन्दै आक्रोसित मृतकका आफन्त तथा स्थानीयबासीहरुले नगरपालिका कार्यालयको मुल गेटमा ताल्चा लगाएर विरोध प्रर्दशन गरेका थिए ।
स्थानीयबासी सुभाष परियारले मृतकक परिवारलाई क्षतिपुर्ति दिने विषयमा छलफल भैरहेका बेला नगर उपप्रमुखले हस्तक्षेप गरी पीडकको पक्षमा वकालत गरेपछि मृतकका आफन्त तथा स्थानीयबासीहरुले नगरपालिकामा तालाबन्दी गरी विरोध प्रर्दशन गरेको बताए ।
स्थानीयबासीहरुले नगरपालिकाको मुल गेटमा ताल्चा लगाउँदै मुल गेटमै टायर बालेर विरोध प्रर्दशन गरेका थिए ।
बारबर्दिया नगरपालिका वडा नम्बर– ६ जयनगर बजारमा भे १ ह ४६३१ नम्वरको अटोरिक्साले आईतबार बेलुकी करिब ७ बजेतिर ठक्कर दिँदा बारबर्दिया नगरपालिका वडा नम्बर– ८ घर भई हाल वडा नम्बर–६ जयनगर बजार निवासी ३० वर्षिय मुना भट्राइको मृत्यु भएको थियो ।
अटो चालक सोही नगरपालिकाका ३४ वर्षिय रामप्रसाद थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार थारुले मापसे गरेर अटो चलाएका थिए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे