नेपालगन्ज १५ फागुन : नाबालिक गायिका बलात्कार गरेको भन्दै जाहेरी परेपछि नायक पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन् । प्रहरी नियन्त्रणमा रहेका नायक शाहविरुद्ध बलात्कार सम्बन्धि अर्को जाहेरी परेको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरमा नायक शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो ।
प्रहरीका अनुसार नायक शाहविरुद्ध परेको किटानी जाहेरीमा गत चैत ७ गते नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । आईतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणीको कसूरमा जिल्ला अदालतबाट म्याद लिइ शाहविरुद्ध अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ ।
थप समाचार
अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती