प्रहरी नियन्त्रणमा रहेका नायक पलविरुद्ध अर्को बलात्कारको जाहेरी


प्रहरी नियन्त्रणमा रहेका नायक पलविरुद्ध अर्को बलात्कारको जाहेरी

नेपालगन्ज १५ फागुन : नाबालिक गायिका बलात्कार गरेको भन्दै जाहेरी परेपछि नायक पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन् । प्रहरी नियन्त्रणमा रहेका नायक शाहविरुद्ध बलात्कार सम्बन्धि अर्को जाहेरी परेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरमा नायक शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो ।

प्रहरीका अनुसार नायक शाहविरुद्ध परेको किटानी जाहेरीमा गत चैत ७ गते नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । आईतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणीको कसूरमा जिल्ला अदालतबाट म्याद लिइ शाहविरुद्ध अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

थप समाचार

पल शाह प्रहरी नियन्त्रणमा

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी