शिक्षिका बलात्कार गरेको आरोपमा एमाले सांसद बानियाँ पक्राउ


शिक्षिका बलात्कार गरेको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

नेपालगन्ज १६ फागुन : अन्ततः नेकपा एमालेका संघीय सांसद मोहन बानियाँ पक्राउ परेकाछन् । जुम्लाकी शिक्षिका बलात्कार गरेको आरोपमा बानियामाथि परेको जाहेरीका आधारमा यसअघि जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको थियो ।

यही माघ २७ गते मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बलात्कारको आरोप लागेका सांसद बानियाँलाई पक्राउ गरेको पुष्टि गरे ।

सोमबार साँझ काठमाडौंबाट नेपालगन्ज आएका सांसद बानियालाई प्रहरीले नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको हो । प्रहरीसँग सम्पर्कमा रहेका सांसद बानियाँले आफै जिप्रकामा आउँदैछु भन्ने सन्देश पठाएको प्रहरी स्रोतले बताएकोछ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले सांसद बानियाँले नेपालगन्ज आउँदैछु भनेर जानकारी दिएको बताउँदै नेपालगन्ज विमानस्थलबाट आफूहरुले नियन्त्रणमा लिएर आएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘उहाँले आउँदैछु भन्नु भएको थियो । हामीले विमानस्थलमा गएर लिएर आयौं,’ प्रवक्ता डीएसपी न्यौपानेले अगाडी थपे, ‘अब स्वास्थ्य परीक्षण गर्छौ । भोली शिवरात्रिको विदा छ, पर्सी म्याद थप गरेर अनुसन्धान अघि बढाउँछौ ।’
सांसद बानियाले पैसा लेनदेनको विषयलाई लिएर आफ्नो चरित्र हत्या र राजनीतिक भविष्य सिध्याउने काम भइरहेको दावी गरेका छन् ।

यही फागुन २ गते सोमबार मात्रै बानियाँविरूद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको थियो ।

जुम्लाकी ती शिक्षिकाले आफूमाथि सांसद बानियाँले माघ १९ गते शुक्रबार नेपालगन्ज स्थित होटल अप्सरामा एकैदिन दुईपटक बलात्कार गरेको आरोप लगाउँदै माघ २४ गते सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उनको जाहेरी पश्चात प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरेपछि अन्ततः ढिलो गरि माघ २७ गते बिहीबार मुद्दा दर्ता गरेको थियो ।

थप समाचार

एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

एमाले सांसद बानियाँलाई पक्राउ गर्न पक्राउपूर्जी कुर्दै बाँके प्रहरी

‘एमाले सांसद बानियाँले होटलमा लगेर मलाई २ पटक बलात्कार गरे’