गुलरिया (बर्दिया) २५ फागुन : घरमा आगलागी हुँदा १४ वर्षिय बालकको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–९, खैरेनीका १४ वर्षिय बालकको आगोमा जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार अनुसार मङ्गलबार राति करिब १० बजेतिर घरभित्र एक्लै सुतिरहेका १४ वर्षिय दिनेश चौधरीको आगोमा जलेर मृत्यु भएको हो ।
राति ९ बजेतिर मृतक बालकका आमा र बैनी नजिकै रहेको अर्को घर गएको र दिनेश घरमै सुतिरेका थिए । नजिकै मैनवत्ति बालिएको थियो सोहि मैनबत्तीबाट कोठामा आगलागी हुँदा दिनेशको मृत्यु भएको प्रहरीले बताएको छ ।
घरमा सुतिरहेको छोरा ढोका किन खुल्ला राख्ने भन्दै आमाले बाहिरबाट चुक्कुल लगाएका कारण पनि उनी कोठामा आगलागी हुँदा भाग्ने मौका समेत पाएका थिएनन् ।
स्थानीयबासी सुरेश आचार्यले सावधानी नअपनाउँदा सानो गल्तीले ठुलो दुर्घटना भएको बताए । बर्दियामा मङ्गलबार दिनभर तथा बेलुकीको समयमा पनि बिजुली आपुर्ति बन्द रहेको थियो । सो बेला मैनवत्ती बालिएका कारण दुर्घटना हुन गएको हो । आगलागी भएको भन्ने थाहा पाएपछि प्रहरी, स्थानीयबासी तथा दमकलले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल