मधुवन ५ को बदमासी, कामको श्री गणेश नहुदैँ भुक्तानीका लागी सिफारिस


मधुवन ५ को बदमासी, कामको श्री गणेश नहुदैँ भुक्तानीका लागी सिफारिस

बर्दिया २६ फागुन : स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै जनप्रतिनिधिले मनोमानि ढंगबाट बजेट खर्च गर्ने गरेको पाइएको सामान्य मानिदैँ आइएको छ । तर, बर्दियामा कामको श्री गणेश अर्थात सुरु नहुँदैभुक्तानीका लागी वडा कार्यालयले नगरपालिकामा सिफारिस गरेको पाइएको छ ।

यो घटना बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–५ को वडा कार्यालयको हो । वडा कार्यालयले ग्राभेल बाटो निर्माणका लागी उपभोक्ता गठन गर्दछ । तर, त्यहाँ बाटोमा ग्राभेल गरिँदैन अर्थात कामको श्री गणेश नै हुँदैन ।

अझ भनौ उपभोत्ता समित गठन त गरियो तर, कामको सुरुवात नै भएको छैन । यस्तो अवस्थामा भुक्तानी माग गर्नु कुनै पनि अवस्थामा मिल्दै मिल्दैन । तर, वडा कार्यालयले भुक्तानीका लागी सिफारिस समेत गरिदिएकोछ ।

वडा अध्यक्ष कर्णबहादुर खड्का र वडा सचिव कृष्णा रावलले काम शुरु नहुँदै भुक्तानीका लागी नगरपालिकामा काम सम्पन्न भएको भनि भुक्तानी दिनु भनि सिफारिस गरेको पाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यो केही लाख रुपैयाँको कुरा मात्र होइन, प्रशासन चलाउने सिष्टमको कुरा हो । आफै सोच्नुपर्ने हो उपभोत्ता समिति गठन गरियो तर, कामको सुरुवात भएको छैन । त्यहाँ चौतारो बनाइएको छैन, ग्राभेल पनि गरिएको छैन । तर, काम सम्पन्न भएको भनि नक्कली कागजात खडा गरी भुक्तानीका लागी वडा अध्यक्ष र सचिवले सिफारिस गर्दा स्थानीय तहमा हुने अनियमितता छरपस्ट भएकोछ ।

वडा अध्यक्ष र सचिवको मिलोमतोमा कार्यसम्पादन नगरी भुक्तानीका लागि गरिएको सिफारिसले आम सर्वसाधरणमा के सन्देश दिन खोजिएको हो बुझन सकिएको छैन । भने यस्ता अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन बसेकोछ ।

त्यसो त कार्य सम्पादन नगरी भुक्तानीका लागी उपभोक्ता समितिका एक सदस्य नगरपालिकाको कार्यालयमा आएका बेला उक्त घटनाको रहस्य बाहिरिएको हो ।

ती व्यक्तिले आफ्नो नाम नछापिदिन भन्दै सेतोखरीलाई भने –‘काम भएको छैन तर, पनि वडा कार्यालयले सिफारिस गरिदिएकाले भुक्तानी लिन आएको हुँ ।’ उनले अगाडी थपे–‘भुक्तानीका लागि आएपनि नगरपालिकाले दिन मिल्दैन भनेर टारेको छ ।’

नगरपालिकामा भुक्तानी लिए गएका समितिका ति व्यक्तिलाई नगरपालिकाले काम सम्पन्न गरेर आउनुहोस् अनि भुक्तानी लैजानुहोस् भनि पठाएको छ ।

कार्य सम्पादन विनै भुक्तानीका लागि सिफारिस गरिएको विषयमा बुझ्दा वडाध्यक्ष कर्णबहादुर खडकाले त्यस्तो नभएको दावि गरे । उनले काम भएको हुनुपर्ने हो भन्दै आलटाल गरि पन्छिन खोजे ।

स्मरण रहोस् योजना भुक्तानीका लागि यी कागजात र प्रकृया पुरा गरेको हुनुपर्छ
-काम र योजना खुल्ने निवेदन
-प्राविधिक स्टिमेट (लागत अनुमान)
-कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
-नापी किताब र योजना किताब
-खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (२० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
-उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपीहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
-योजनाको प्रष्ट देखिने फोटोहरु
-अनुगमन समितिको प्रतिवेदन
-आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
-सम्बन्धित वडा कार्यालयको सिफारिश
-ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
-डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
-एक लाख भन्दा बढी रकमको डोजर÷स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर÷स्काभेटरको कोेटेशन मार्फत घटाघटको आधारमा छनोट गरेको हुनुपर्नेछ ।