कर्मचारी कुट्ने एमाले नेता खत्रीले गरे प्रहरीसमक्ष आत्मसमर्पण


कर्मचारी कुट्ने एमाले नेता खत्रीले गरे प्रहरीसमक्ष आत्मसमर्पण

गुलरिया (बर्दिया) ७ चैत्र : कर्मचारीलाई कुटपिट गरेको आरोपमा फरार रहेका नेकपा एमालेका नेता नैनबहादुर खत्रीले प्रहरी समक्ष आत्मसमर्पण गरेकाछन् ।

बर्दियाको बाँसगढी नगरपालिकाका नगर ईन्चार्ज तथा जिल्ला सचिवालय सदस्य समेत रहेका नेकपा एमालेका नेता खत्रीले प्रहरीसामु एकमहिनापछि आत्मसमर्पण गरेका हुन् ।

बाँसगढी नगरपालिका वडा नम्बर–३ का वडा सचिव यज्ञ पौडेललाई एमाले नेता खत्रीले फागुन १२ गते विहीबार कुटपिट गरेका थिए । वडा कार्यालयमै पुगेर खत्रीले वडा सचिवमाथि कुटपिट गर्दा घाइते भएका पौडेलको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।

कुटपिटमा संलग्न एमाले नेता खत्रीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको थियो । प्रहरीमा उजुरी दर्ता भएको करिब एक महिनापछि प्रहरीसमक्ष आत्मसमर्पण गरेको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले सेतोखरीलाई जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

एमाले नेता खत्रीले कानून विपरित जवरजस्ती दबाब दिएर जन्मदर्ता भइसकेको ब्यक्तिको नाम संसोधन गर्ने प्रक्रिया पुरा नगरेरै गर्न लगाएका थिए । सोक्रममा वडा सचिव पौडेलले जन्मदर्ता भैसकेको ब्यक्तिको नाम संशोधनको लागी केही प्रकृया पुरा गर्नु पर्ने र त्यसपछि मात्रै संशोधन हुने भनेपछि आक्रोशित बनेका एमालेका नेता खत्रीले पौडेलमाथि कुटपिट गरेका थिए ।

खत्रीले मैले भनेपछि किन नहुने, जान्ने हुँदै बढी बोल्छस् भन्दै सचिव पौडेलको मुख र अनुहारमा मुक्काले हानेका थिए ।

नेता खत्रीले सचिव पौडेललाई आफ्नै अगाडी कुटपिट गरेको वडा नम्बर–२ का वडाध्यक्ष हर्क घर्तीले पुष्टि गरेका थिए ।

उनका अनुसार सो बेला सहकर्मीमाथि कुटपिट भएपछि आफुहरुले घाइते पौडेललाई नजिकैको अस्पतालमा लगेर उपचार गराएको बताए ।

कार्यालयमा कार्यरत कर्मचारीमाथि गुण्डागर्दी शैलीमा पार्टीका जिम्मेवार नेताले कुटपिट गरेपछि कर्मचारीहरुले आफ्नो मनोवल खस्केको भन्दै दोषीलाई कारवाहीको माग गर्दै आइरहेका थिए । राजनीतिक पहुँचका आधारमा लुकिछिपि बसेका खत्री केहि उपाए नलागेपछि आफै प्रहरी कार्यालयमा पुगेको बताइएको छ ।

घटनालाई मिलाउने प्रयास भएपनि असफल हुँदा खत्री आफै प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका हुन् ।

थप समाचार

एमाले नेता खत्रीको दादागीरी, वडा सचिव पौडेलमाथि कार्यालयमै कुटपिट

मापसे सेवन गरि बाँसगढी नगरपालिकाका उप–प्रमुख सुष्माका श्रीमानले स्वास्थ्यकर्मी कुटे