म्यादी प्रहरीका लागी चैत्रको चर्को घाममा घण्टौं लाइन


म्यादी प्रहरीका लागी चैत्रको चर्को घाममा घण्टौं लाइन

गुलरिया(बर्दिया) ८ चैत्र : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल सरकारले माग गरेको म्यादी प्रहरीमा भर्ना हुनको लागी बर्दियामा चैत्र महिनाको चर्को घामको प्रवाह नगरी घण्टौ लाइनमा बसेर दरखास्त दिइरहेको पाइएको छ ।

स्थानीय तहको निर्वाचनका लागी म्यादी प्रहरीमा दरखास्त दिन आईतबारदेखि जिल्ला प्रहरी कार्यालय बर्दियामा युवाको भीड थामिनसक्नु छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकको भीड लागेकोछ । म्यादी प्रहरीका लागि पुर्व सुरक्षाकर्मी तथा विगतमा म्यादी प्रहरीको अनुभव बटुलेकालाई प्राथमिकता दिइने बर्दिया प्रहरीले जनाएकोछ ।

चैत्र ११ गते सम्म दरखास्त दिन युवाको ठूलो भीडले बर्दियामा बेरोजगारको डर लाग्दो दृष्य देखिएकोछ । ४० दिनका लागी मासिक ३० हजार २ सय ४० रुपैया पारिश्रमिक निर्धारण गरिएको छ । भने प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २ सय रुपैयाँ र अन्य पोसाक खर्च गरी ६ हजार रुपैयाँ र यातायात बापत १ हजार रुपैया तथा वीमा सुविधा समेत पाउने छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीका अनुसार बर्दियाका लागी एक हजार ५ सय ३९ जना म्यादी प्रहरीको राखिने छ ।

दरखास्तका लागी सामान्य लेखपढदेखि स्नाकोत्तर अध्ययन गरेका, भुपु सुरक्षाकर्मी, पूर्व म्यादी प्रहरी तथा अन्य नागरिकले दरखास्त दिइरहेका छन् ।

चैत्रको चर्को घामको प्रवाह नगरी घण्टौं लाइनमा बसेर नागरिकले फाराम भर्ने काम गरिरहेका छन् । आफुले अध्ययन गरेअनुसारको जागीर नपाएपनि ४० दिने जागीरका लागी भएपनि आफुले दरखास्त हालेको म्यादी प्रहरीमा भर्ना हुन आएका बर्दियाका नविन पोख्रेलले बताए ।

यस्तै बेरोजगार हुँदा त्यसै बसेका अर्का दरखास्त दिन आएका युवा रामेश्वर थारुले सजिलै कसैले जागीर दिदैन, जहा पनि सोर्स र चिनेको मान्छे हुनुपर्ने हुँदा म्यादी प्रहरीमा जागिर खाने आशाले आएको बताए ।