वीरेन्द्रको शालिक स्थापनामा अवरोध पुर्‍याइनु दुःखदायी : राजा ज्ञानेन्द्र


वीरेन्द्रको शालिक स्थापनामा अवरोध पुर्‍याइनु दुःखदायी : राजा ज्ञानेन्द्र

नेपालगन्ज १९ जेठ : राजा ज्ञानेन्द्र शाहले नेपालगन्जस्थित वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने कार्यप्रति अवरोध पु¥याइएको घटनाबाट आफू स्तब्ध भएको जनाएका छन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै उनले जुनसुकै विचार, दर्शन, अवलम्बन गरिए पनि देशको निम्ति विशिष्ट योगदान पु¥याउनेहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलिआएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘त्यसैले इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको शालिक स्थापनाको विषयमा नेपालगन्जमा जुन प्रकारको अप्रिय घटना भयो, त्यो अन्यन्त दुःखदायी हो ।’

उनले इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताएका छन् ।

थप समाचार

राजा वीरेन्द्रको शालिक सर्वदलिय सहमतिमा राख्ने निर्णय

बाँकेका सिडिओ खत्रीले भने– ‘शालिक नराख्ने पक्षमा हामी छैनौं’

वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे

लिङ्देनले सरकारलाई भने: इतिहासको सम्मान गर्न सिक