बाँके र बर्दियाका शिक्षकद्वारा १७ बुँदे प्रतिबद्धता सार्वजनिक


बाँके र बर्दियाका शिक्षकद्वारा १७ बुँदे प्रतिबद्धता सार्वजनिक

ठाकुरद्वारा(बर्दिया) २२ जेठ : विद्यालयलाई बालबालिकामैत्री बनाउनका लागी प्रधानाध्यापकले नायकको भूमिका निर्वाह गर्ने भन्दै १७ बुदेँ प्रतिबद्धता सार्वजनिक गरिएकोछ । बाँके र बर्दियाका प्रध्यानाध्यापकहरुका लागि आयोजित दुई दिने तालिमको समापनमा उनीहरुले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

दुई जिल्लाका प्रध्यानाध्यापकहरुद्वारा सार्वजनिक उक्त प्रतिबद्धतामा विद्यार्थी, अभिभावक सहकर्मी लगायत सरोकारवाला सबैसँग मुस्कुराउँदै प्रस्तुत हुने स्वभावको विकास गर्ने, सकेसम्म सबैसँग मिठो बोल्ने, थोरै बोल्ने र बिस्तारै बोल्ने बानिको विकास गर्ने, जस्तो सुकै चुनौतीमा पनि अवसर र दुःखमा पनि खुसी खोज्ने सकारात्मक सोँचको विकास गर्ने, विद्यार्थी र शिक्षकहरुमा प्रशंसात्मक खोज विधिका माध्यमबाट सक्षमताहरुको खोजी गरी उक्त सक्षमताहरुको विकास र विस्तारका लागी विद्यार्थीलाई प्रोत्साहित गर्ने, बालबालिकाको खाजा, सरसफाई र सिकाई व्यवस्थापनमा उल्लेख योगदान गर्ने, अभिभावकलाई वार्षिक एंव अर्धवार्षिक रुपमा सम्मान गर्ने, शिक्षक र कर्मचारीविचमा सेवा सुबिधा र प्रोत्साहनको न्यायोचित वितरण गर्नका लागी आफ्नो स्थानबाट पहल गर्ने, पाठययोजना वा शिक्षण नोट र शैक्षिक गेटभित्र प्रबेश गरेर विद्यार्थीहरुलाई गेटबाटै स्वागत गर्दै विद्यालयमा प्रबेश गराउने वातावरणको सिर्जना गर्न सक्रियता देखाउने उल्लेखछ ।

यसैगरि विद्यालयका सबै विद्यार्थीहरुलाई सबै शिक्षकहरुले नामले सम्बोधन गर्ने वातावरण सिर्जनका लागी भुमिका निर्वाह गर्ने, विद्यालयले विहानीपख विद्यालय खुल्ने समयमा विद्यालय परिसरमा बालमनोविज्ञान एंव देशभक्तिका भावनाले भरिएका गीतहरु बजाएर सांगीतिक वातावरण सिर्जना गर्नका लागी आवश्यक पहल गर्ने, समयको आवश्यकता र माग बमोजिम विद्यालयमा प्रविधिमैत्री वातावरणको विकास गर्नका लागी भुमिका निर्वाह गर्ने, विद्यालय मार्फत हरेक बालबालिकाहरुमा सवलता र सम्भावनाको खोजी गर्ने प्रबृद्धिको विकास गरी तदनुसार नै बालबालिकाहरुलाई सिकाइको सहयोग गर्ने, सरोकारवालाहरुको सहभागीतामा विद्यालयको दुरदृष्टि अद्यावधिक गरी सबैले देख्ने गरी सार्वजनिकरण गर्न भुमिका निर्वाह गर्ने उल्लेखछ ।

यस्तै आफु कार्यरत विद्यालयलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार उत्कृष्ट विद्यालयको रुपमा विकास गर्नका लागी भुमिका निर्वाह गर्ने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रमलाई सीमित परिणामा भएपनि सञ्चालन आरम्भ गर्ने, विद्यालयलाई अपाङ्घ र किशोरकिशोरीमैत्री विद्यालयको रुपमा विकास गर्नका लागी आवश्यक भुमिका निर्वाह गर्ने र विद्यालयलाई बालविबाह र लैङ्घिगक हिंसालगायत अन्य विविध हिंसा र विभेदबाट मुक्त गर्नका लागी भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

शिक्षा विज्ञान तथा प्रबृद्धि मन्त्रालयका पुर्व उपसचिव एंव शिक्षा विद जितबहादुर शाहले गुणस्तरीय शिक्षाका लागी विद्यालयका प्रधानाध्यापकहरुले शैक्षणिक नेतृत्व, विनियम नेतृत्व, रुपान्तरित नेतृत्व, अन्तरक्रियात्क नेतृत्व र समाबेशी नेतृृत्व गर्न सके विद्यालयमा गुणस्तरीय शिक्षाको क्षेत्रमा एउटा पाटो थपिने बताए ।

कार्यक्रममा जनज्योति मावि वड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले विद्यालय नमुना बनाउनका लागी गरिने क्रियाकलाप र सिकाइका विषयमा सहजीकरण गरेका थिए । यसै गरी त्रिभुवन नमुना माबि ठाकुरबाबा बर्दियाका प्रध्यानाध्यापक नन्दराम अधिकारीले विद्यालयलाई नमुना विद्यालय बनाउनका लागी प्रअको भुमिकाको विषयमा प्रकाश पारेका थए ।

समापन समारोहमा सहभागीको तर्फबाट सरस्वती मावि बारबर्दियाका प्रअ कुमार सापकोटा र अम्बेमाता प्राथमिक विद्यालय खजुरा गाउँपालिका–४ बाँकेकी प्रअ अम्बिकाथापा क्षेत्रीले यस्ता खालका क्रियाकलापबाट नेतृत्वले खेल्नुपर्ने भुमिका तथा शिक्षक, बालबालिका तथा अभिभावकसंगको सम्बन्धलाई थप टेवा पुग्ने बताइन् ।

बाँके र बर्दिया जिल्लाका प्रधानाध्यापकहरुका लागी आयोजित २ दिने जिल्ला स्तरीय क्षमता अभिबृद्धि तालिमको अन्तिम दिन सार्वजनिक १७ बुदेँ प्रतिवद्धताले विद्यालयको समग्र शैक्षिक गुणस्तरता, विकास र नमुना विद्यालय निर्माणमा सहयोग पुग्ने स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बताए ।

प्लान नेपालको सहयोगमा स्याक नेपालद्वारा आयोजना गरिएको सिकाई परियोजना अन्तर्गत सो कार्यक्रममा बाँकेका ४ र बर्दियाका २१ वटा विद्यालयका २५ जना प्रध्यानाध्यापकको सहभागिता रहेका परियोजना अधिकृत लक्ष्मिप्रसाद शर्माले जानकारी दिए । कार्यक्रमबाट नमुना विद्यालय बनाउनका लागी सहयोग पुग्ने स्याक नेपालका कार्यसमिति सदस्य एंव परियोजनाका फोकल पर्सन कैलासमान श्रेष्ठले बताए ।